logo

चिकित्सा शिक्षा प्रतिवेदन कार्यान्वयन होस

चिकित्सा शिक्षा भनेको नागरिकको प्रत्यक्ष जीवन संग जोडिएको विषय हो । यसमाथिको खेलबाट कुनैपनि हालतमा सह्य हुदैन र हुन पनि हुदैन । यसको समवेदनशीलता जस्तोहो तयसो अनुसार व्यवहार गरिनु पर्छ । पछिल्लो समय गठन भएको यो शिक्षा सम्बन्धी जाँचबुझ आयोगले सुधारका २९ बुँदे सुझाव सहित सरकारलाइ प्रतिवेदन दिएको छ । यस अघिपनि यस्तै आयोग बनेको थियो एउटा ठूलो दवावका बीच । त्यो आयोगले दिएको प्रतिवेदन कार्यान्वयन नहुदा यो क्षेत्रमा जस्तो वेथिति देखियो त्यसका लागि पटकपटक अनसन नै बस्नु परेका उदाहरण छन । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वस्वास्थ्यमन्त्री एवं वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सम्मिलित जाँचबुझ आयोगले यसै हप्ता यी सुझावहरु दिएको छ । यसलाइ पनि पहिले जस्तै थन्काइयो भने देश र नागरिकका लागि यो एउटा अपराध नै हुने छ । यस्तो अपराध नगरियोस ।
आयोगले सरकार र सम्बन्धित विश्वविद्यालयको अनुमतिबिना तोकिएभन्दा बढी सिटमा विद्यार्थी भर्ना लिने, बढी शुल्क लिने र गुणस्तरमा ध्यान नदिने मेडिकल कलेजहरूलाई विश्वविद्यालयले भर्ना स्थगनदेखि सम्बन्धन खारेज गर्न सक्ने गरी कानुनी व्यवस्था गर्न सुझायोे । यसमा सम्बन्धित विश्वविद्यालयले पहिलो वर्ष भए भर्ना स्थगन गर्ने, दोस्रो वर्षसमेत अटेर गरे सम्बन्धन निलम्बन गर्ने र तेस्रो वर्ष अवज्ञा गरे सम्बन्धन खारेज गर्नेसम्मको कानुनी व्यवस्था गरी कारबाही गर्न भनेको छ । त्यति मात्रै नभई मेडिकल कलेजको सम्बन्धन दिने, परीक्षा सञ्चालन गर्नेलगायतमा संलग्न रही आर्थिक अनियमितता गर्ने त्रिभुवन विश्वविद्यालयलगायतका पदाधिकारीलाई उनीहरूको कसुरबमोजिम कारबाहीका लागि पनि चनेको छ । सरकारले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान तथा छुट्टै ऐनद्वारा स्थापित निकायहरूलाई निर्देशन दिन सक्ने विशेष अधिकार सम्बन्धित ऐनमा नै सुरक्षित हुनुपर्ने र सो निर्देशनको सबै निकायले आफ्नो कर्तव्य ठानी अनिवार्य रूपमा परिपालन गर्नुपर्ने व्यवस्था ऐनमै सुनिश्चित गर्नुपर्ने तथा यसको पालना नगरे विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिउपर कानुनी कारबाही गरिने प्रावधान राख्न भनिएको छ । अहिले समम यस्तो अनुमति दिनेउपर कार्वाहीको कुनै व्यवस्था थिएन । मेडिकल कलेज र अस्पताल अनुमति नलिई सञ्चालनमा आएको देखिएकाले त्यस्ताका लागि छुट्टाछुट्टै मापदण्ड तयार गर्न र स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाउनुअघि सञ्चालनमा आएका मेडिकल कलेज तथा सरकारी र निजी क्षेत्रका अस्पताललाई दर्ता गर्न निश्चित समय तोकी सूचना प्रकाशन गरेर दर्ता गर्ने व्यवस्था तत्काल गर्न दिइएको सुझाव अनुसार भयोभने यो पारदर्शी पनि हुने छ ।
खास गरी चिकित्सा शिक्षाका क्षेत्रमा भएका अनियमितता, मेडिकल कलेजको सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्या डरलाग्दा नै छन । माफियाले चलाएका भन्नेत स्थापितनै भएको अवस्था छ ।सम्बन्धन, शुल्क, सिट निर्धारण, प्रवेश परीक्षालगायतका विषयमा माफियाको कुन हद समम चलखेल हुन्छ भन्ने विगतमा सयभन्दा बढी नै घटनाहरु सार्वजनिक भै नै सकेका छन । त्यसकारण पनि यो प्रतिवेदनमा उल्लेख गरिएका सुझावको प्रभावकारी कार्यान्वयन हुन आवश्यक मानिएको हो ।

 


Comment from facebook

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै