logo

राज्यको क्षमता उपयोग गरौं

क्यान्सर जस्तो ज्यानलेवा रोगको उपचार नेपालमै सम्भव छ भन्ने सुखद विवरण आएको छ । केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो अवस्था रहेन । तर यो कुरालाइ सर्वसाधारणले अझै विशवास गरेको अवस्था छैन वाध्यतावस बाहेक । कारण हो ठूला नेताहरु यो रोग लाग्ना साथ विदेशमा उपचार गर्न जानु । जोसंग साधन स्रोत छैन तिनीहरुमात्रै स्वदेशमा उपचाररत रहेको पाइन्छ । चिकित्साक्षेत्रमा क्षमता वृद्धि भएकोमा एकातिर सुखद पाहोभने अर्कोतर्फ ठूलाबडाले शिवास नगरिदिदा यो क्षमताको उपयोग पर्याप्तमात्रामा हुने अवसथा आउदैन जुन दुखद हो । निश्चय नै नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको भन्नु पर्छ यसलाइ । विज्ञहरुका अनुसार दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको अवस्था स्वागत योग्य नैहो ।
यसको उदाहरणहो सरकारीस्तरमा २०५७ सालमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर । यसले आफनो स्थापनाको १८ वर्षमा थुप्रै सफलता हासिल गरिसकेको उदाहरण दिएको छ । मूल कुरा हो क्यान्सर रोग पत्ता लगाउन आवश्यक सिटिस्क्यान, एमआरआईजस्ता उपकरण छन किछैनन भन्ने । अस्पतालले जनाए अनुसार यीकुरा योअस्पतालमा चाहिनेमात्रामानै रहेको वताइएको छ । परीक्षणका सन्दर्भमा प्याथालोजी ल्याबतर्फ फोलोजन बायोप्सी, इमुनोस्ट्रोकेमेस्ट्री तथा रगत परीक्षण आदि र रेडियोथेरापी, किमोथेरापी, टार्गेटेड थेरापी, शल्यक्रिया, प्यालिएटिभ केयरलगायत सेवा पनि अस्पतालमा नै रहनु भनेको यो रोगको उपचारका लागि यो अस्पताल पर्याप्त छ भनने सन्देश दिन्छ । अपवाद बाहेक साधारणतया यो रोगका लागि प्ररम्भिक र सही उपचारका लागि यी साधन नेपालीका सम्पत्ति हुन । यसको प्रयोग गर्नु नै यसबाट लाभान्वित हुनु हो । योबेलासम्मको विवरण अनुसार नेपालमा क्यान्सर भएका मध्ये ६० प्रतिशतको उपचार यही अस्पतालमा हुने गरेको पाइयो । तरयो संख्याभनेको उपचारकालागि यहा आइपुगकाहरुकोमात्र हो यो अस्पतालमा अहिले एक लाखभन्दा बढी बिरामी एक बर्षमै आउँनै गरेका छन । अस्पतालमा स्तन, पाठघेरको मुख, पेट, खानेनली, नाक, आन्द्रा, छाला, फोक्सोलगायत सबै अंगमा लागेको क्यान्सरको उपचार यो अस्पतालले दिइरहे को अवस्था छ ।
क्यान्सर धेरैमहगो उपचार गर्नुपनेृे रोगमा पर्छ । त्यसमाथि विदेशमा जादा आउदा र त्यहा खर्चहरु आफैमा धेरै महगा ुन्छन । ती सबै कुरा हामीकहाँ छन भने किन विदेश जाने भन्ने प्रश्न उठछ नै । जानकाीमा आए अनुसार यो अस्पतालले केही दिनमै निःशुल्क क्यान्सर परीक्षण सेवा पनि सञ्चालनमा ल्याउँदैछ । भक्तपुर क्यान्सर अस्पताल पनि अर्को यस्तै सेवा दिने ठाउ हो सर्जरी, किमोथेरापी, दिवा हेरचाह, आइसियु, प्यालिएटिभ केयर सेवा छन् । क्यान्सर निदानमा आवश्यक पर्ने इन्डोस्कोपी, मेमोग्राम, भिडियो एक्सरेजस्ता उपकरण र आधुनिक ल्याब यहाँ उपलब्ध छन् । यसको अधिकाधिक प्रयोग हुन सकेमा विदेशमा हुने खर्चको चौथाइ भागले नै यो रोगको निदान हुन्छ भने त्यसो किन नगर्ने नेताहरलाइ प्रश्न जो आफनो देशको ातामा विश्वास नभएर वा नगरेर विदेश जान्छन र सर्वसाधारणमा पनि शंका जन्माउछन । परिवर्तित नोपलको नेतृत्वले यसमापनि परिवर्तन गर्न खाचो छ । कुनैउक नेताले यस्तो रोगमा यही उपचार गरे भने त्यसको सन्देश व्यापक हुन्छ । हेक्का रहोस ।


Comment from facebook

सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै