logo

स्थानीय तहमा गएका सहकारीले के गर्लान ?

स्थानीयतहमा चुनाव भएर निकाय खडा भएका लामो समय पछि सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट संघ, प्रदेश र स्थानीय तहमा सहकारीहरू हस्तान्तरणको काम सुरु भएको छ । यी निकाय केन्द्रमातहतमा रहदाका अनुभव सकारात्मक छैनन । तयस्तो बेला संघ, प्रदेश र स्थानीय तहमा सहकारीहरू हस्तान्तरणको प्रक्रिया त सुरु भयो तर तिनले दिने सेवा कति निश्पक्ष र गुणकार िहुने छ भन्ने प्रश्न चाहि उव्जिएको छ नै । यो हसतान्तरणको मकवानपुरका करिब ५ सय सहकारी स्थानीय तहमा गएर भयो । अव योक्रम सबै जिल्लामा विस्तार हुने छ र चाँडै सबै ठाउँमा तीनवटै तहलाई बाँकी सहकारी हस्तान्तरणको काम हुनेछन नै । संविधान जारीसँगै सहकारीहरूको दर्ता, प्रवद्र्धन र नियमनको काम रोकिएकाले हस्तान्तरण गरी उक्त प्रक्रिया पुन सुरु गर्न ढिला भइसकेको अवसथामा यो हस्तान्तरणले अधिकारको प्रत्यायोजन भउकोमाननु पर्छ । स्थानीय तह, प्रदेश सरकार र संघले आ–आफ्नै ढंगले दर्ता, अनुगमन, सहकारी प्रवद्र्धन र नियमनको कामहरू गर्नेछन यस पछि । तर योकाम स्थानीयमा जादा विगतकोभन्दा लथालिङ्ग हुने हो कि भन्ने शंका जन्मिछ नै ।
अहिले मुलुकभर ३४ हजार ५ सय १२ वटा सहकारीहरू छन । प्रदेशको कार्यक्षेत्रभित्र पर्ने सहकारीको संख्या करिब एक हजार र करिब डेढ सय संघको मातहतमा रहने अनुमान गरिएको छ साझा सहकारीहरू संघमा पर्छन । ८ सय ३३ वटा साझा सहकारीहरू रहे पनि हालसम्म सबैजसो बन्द भइसकेकाले करिब डेढ सय मात्रै संघको मातहतमा सहकारीहरू रहने वताइएकको छ । साझा प्रकाशन, साझा स्वास्थ्य, साझा सेवा र साझा यातायात सञ्चालनमा रहेका मध्येका हुन । संविधान अनुसार सहकारीको क्षेत्राधिकार तीनवटै तहका लागि तोकिएको छ । मुलुकभर काम गर्ने सहकारीहरू र सहकारीसँग सम्बन्धित बृहत् नीति नियमको अधिकार संघलाई छ । दुई वा दुईभन्दा बढी स्थानीय तहलाई कार्यक्षेत्र बनाएका सहकारीहरूको क्षेत्राधिकार प्रदेशभित्र पर्छ । एक स्थानीय तहलाई मात्रै कार्यक्षेत्र बनाएका सहकारीहरू भने स्थानीय तहभित्र पर्छ । स्थानीय निकाय सना इकाइ भएका कारण उनीमातहतमा रहने सहकारी कसरी सत्रचालन होलान तिनको प्रभाव क्षेत्र कस्तोहोला भनने नै अहिलेको अहम प्रश्न हो
सहकारीभनेका अत्यन्त न्युन स्तरका नागरिकको सरोकार रहने क्षेत्र हो । यसमा त्यस्ता नागरिकका सपनाहरु हुन्छन । तिनको सत्रचालनमा अलिकति यताउता भयो भने उनका दैनिकीमा नै असरपर्ने हुन्छ । अहिले कुन कुन सहकारी कुन तहमा पर्ने भन्ने टुंगो लागि नसकेको हुनु पर्छ । तिनको प्रकृतिहेरेर जनताको लगानी बढीभनदा बढी सुरक्षित हुने गरी हस्तानतरण भयोभने तयसको प्रभाव तल्लो तहसममपर्छ । यतिबेलानैहो यसकोमूल्यांकन गर्ने बेला । सहकारी हस्तान्तरण गर्नुपूर्व सम्बन्धित स्थानीय तहको प्रमुख र उपप्रमुखलाई प्रशिक्षणसमेत दिनु पर्ने हुन्छ । स्थानीय सहकारीबारे आधारभूत जानकारी भएन भने यसका सत्तचालकहरु अलमलमा पर्ने छन र यसको अवधारणानै गलत प्रकारले नजीर बनने हुनसक्तछ । त्यसकारण यिनको हस्तान्तरण भन्दा पहिले तिनले पाएको काम दुरुपयोग नहोस भन्ने बेलामा नै सचेत हुन आवशयक छ । मुलुकभरका सहकारीमा करिब ९४ अर्ब रुपैयाँ सेयर पुँजी छ । करिब ४ खर्ब रुपैयाँ पुँजी परिचालन सहकारीहरूले गरेका छन । सबै सहकारीहरूमा ६७ लाख ५४ हजार २ सय ७३ जना सेयर सदस्य छन । ५७ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन । यी सबैले यो क्षेत्र सानो छैन भन्ने देखाउछ । त्यसकारण यिनको सञ्चालन पनि त्यसै अनुरुप होस भनिएको हो ।


Comment from facebook

सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै