logo

जोखिमयुुक्त घरजग्गामा फेरि किन धेरै कर्जा ?

नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले घरजग्गा र व्यक्तिगत आवासमा मात्र झण्डै तीन खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा तथा लगानीसम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो विस्तृत प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको असोजसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले उक्त परिमाणमा कर्जा प्रवाह गरिसकेका छन् ।
यसरी प्रवाह भएको कुुल कर्जामध्ये एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवासमा मात्र एक खर्ब ७९ अर्ब २० करोड ३८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ भने घरजग्गा क्षेत्रमा एक खर्ब २७ अर्ब तीन करोड ५९ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा तिनै किसिमका बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप तथा कर्जा भने क्रमशः २४ खर्ब ६५ अर्ब ५८ करोड ३० लाख रुपैयाँ रहेको छ भने कर्जा २० खर्ब ६९ अर्ब ५५ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।
सञ्चालनका रहेका २८ वटा वाणिज्य बैैंकहरुले मात्र व्यक्तिगत आवासमा प्रवाह गरेको कर्जा रकम २०७४ को असोज मसान्तसम्म एक खर्ब ३९ अर्ब ३८ करोड आठ लाख २० हजार रुपैयाँ रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा भने एक खर्ब तीन अर्ब १९ करोड ७१ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैैंकहरुमा सो अवधिमा २१ खर्ब ५८ अर्ब ५७ करोड १२ लाख १० हजार रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १८ खर्ब एक अर्ब ५६ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको छ । सञ्चालनमा रहेका ३९ वटा विकास बैैंकहरुले भने व्यक्तिगत आवासमा प्रवाह गरेको कर्जा रकम २३ अर्ब छ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ भने घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा रकम १७ अर्ब ८३ करोड ७५ लाख ७० हजार रुपैयाँ रहेको छ । सो अवधिमा विकास बैंकहरुले दुुई खर्ब ५१ अर्ब ९७ करोड छ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई खर्ब १८ अर्ब चार करोड २६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
सञ्चालनमा रहेका २७ वटा फाइनान्स कम्पनीहरुले भने व्यक्तिगत आवासमा छ अर्ब ७५ करोड ५१ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी घरजग्गा क्षेत्रमा पनि फाइनान्सहरुले ६० करोड १२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा फाइनान्सहरुले कुल ५४ अर्ब ४६ करोड ३९ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९४ करोड १० लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको यो तथ्यांकलाई आधार मान्दा फेरि वित्तीय क्षेत्रको निकै ठूलो कर्जा घरजग्गा क्षेत्रमा गएको देखिन्छ । देश प्रादेशिक संरचनामा गए संगै अहिले उपत्यकामा जग्गाको मूल्य विगतको तुुलनामा केही घटेको छ भने बाहिर जिल्लाहरुमा घरजग्गाको मूल्य बढेको छ । यसले वित्तीय क्षेत्रलाई फेरि समस्यामा पार्न सक्ने देखिन्छ । यो अवस्थाबाट मुलुुकको सिंगो वित्तीय संरचनालाई सही धारमा ल्याउनको लागि नेपाल राष्ट्र बैंक, सम्बन्धित बैंक तथा फाइनान्स कम्पनी एवं सरकार समेतले सही नीति तथा कार्यक्रम ल्याएर त्यसको ठोसरुपमा कार्यान्वयन गर्नुुपर्छ । अन्यथा विगतमा घरजग्गामा प्रवाह भएको अत्यधिक कर्जाका कारण वित्तीय संकट झेलेका बैंक तथा फाइनान्स कम्पनीहरुले पुुनः त्यस्तै अवस्था झेल्नुुपर्ने सम्भावना बढेर गएको छ ।


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै