logo

रकम पीडितका शयर हाकिमको

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेका अधिकांश जनता अझै घरबारविहीन अवस्थामै छन् । उनका टहरावास प्रत्येक हिउद वर्षमा यथावत नै छ । उनको खलबलिएको जिवनलाइ सहजता दिन भनी सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन ग¥यो । तर वर्षैपिच्छे सरकार र सरकारैपिच्छे प्राधिकरणको सिइओ परिवर्तन गरिएका कारण पनि पीडितले समयमा राहत पाउन सकेनन् । स्थानीय प्रदेश र केन्द्र गरी तीनै तहका निर्वाचन यही बीचको अवधिमा सम्पन्न भयो । बरु, भूकम्पले निम्त्याएको क्षति निर्वाचनमा भोट माग्ने क्रममा राजनीतिक दलहरूका लागि राम्रै मसला बन्योहोला । तर तिनले राहत चाहि पाएनन । उनका अवस्थाले नैयोकुरा वताइरहेको छ । भूकम्पपीडितको राहतका लागि विभिन्न संघसंस्था तथा विदेशी निकायले दिएको सहयोगको दुरुपयोग भएको विवरणले पनि उनका नाउमा राजनीतिमात्र गरिएको बुझाउछ । अहिले अर्को विवरण सार्वजनिक भैरहेका राहतको योरकममा योकार्यालयका हिकिमले शयस सपाटा गरेका भन्ने । विवरण अनुसार पछिल्लो एक महिनामा मात्रै पुनर्निर्माण प्राधिकरणका ९५ कर्मचारी सरकारी खर्चमा विदेश भ्रमणमा गएका पाइयो ।
यो भ्रमणका लागि राज्यकोषबाट दुई करोड ७० लाखभन्दा बढी रकम खर्च भएको बुझियो । सरकारले पीडित जनताका लागि केही राहतका काम अघि बढाएको भए पनि सरकारी संरचनाको पुननिर्माणका लागि ठोस योजना बन्न सकिरहेको छैन । तर, विभिन्न देशले गरेका दैवीविपत्तिपछिको पुनर्निर्माणको स्थिति बुझ्ने बहानामा पा्रधिकरणका कर्मचारीहरू ती देशका भ्रमणमा जाने क्रम निरन्तर छ । यो कतिसम्मको देखियो भने नेपालमा कुनै जोखिम नै नरहेको समुद्री आँधीको अध्ययनका लागि मात्रै ५० कर्मचारी थाइल्याण्ड, इन्डोनेसियालगायत देशको भ्रमणमा गएछन् । सुनामीले बगाएका भग्नावशेषलाई कसरी पर्यटकीय केन्द्र बनाउन सकिन्छ भन्ने अध्ययनका लागि भन्दै उनीहरू फिलिपिन्स पुगेका थिए । त्यहाँको उनीहरले नेपालमा कहा प्रयोग गर्लान भनने आफै एउटा प्रश्न हुन्छ । विदेश सयर मात्रै होइन, देशभित्रै रहँदा पनि प्राधिकरणका कर्मचारीले मस्ती लुट्दै आएका थिएनै । विलासी गाडी खरिद गर्नेदेखि अतिरिक्त भत्तासम्मको सुविधामा कर्मचारी रमाइरहँदा भत्केका संरचनाहरू भने दिनानुदिन जीर्ण बन्दै गइरहेका छन् भने उता निर्माण नैहुन नसकेकाहरुको पीडा त आफनो ठाउमा छदै छ नै । त्यसै पनि पुनर्निर्माणको काम तीव्र रूपमा गराउने उद्देश्यले सरकारले प्रत्येक कर्मचारीलाई तलब सुविधाको ५० प्रतिशत थप भत्ता उपलब्ध गराउँदै आएको थियो ।
प्राधिकरणले कर्मचारीको विदेश भ्रमणका लागि ४ करोड ९८ लाख बजेट छुट्याएको कुरा आफैमा अर्को आपत्तिकोकुरा हो । योरकमले झण्डै पचासवटा घर बन्दछन । सिन्धुपालचोकको एकठाउमा छ करोड रुपैयामा आधुनिक सुविधा भएका ६५ वटा भवन निर्माण भएका हुदाहरण हामी संग छ । कर्मचारीलाई विदेश भ्रमणमा जान छुट्याएको राज्यकोषको पैसा पीडितको आवास निर्माणमा प्रतिघर तीन लाखका दरले खर्च गरिएको भए एक सय ६६ परिवार लाभान्वित हुन सक्थे । कर्मचारीले पछिल्लो एक महिनामा विदेश भ्रमणका लागि खर्च गरिएको रकमले पीडितका ९० घर बनाउन सकिन्थ्यो भन्छन विज्ञहरु । अव प्रश्न उठछ यस्तो फजूल खर्च कहिलेसम्म गर्ने ?


Comment from facebook

सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै