logo

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक समारोहमा कुुल सात सय ५३ स्थानीय निकायमध्ये एक सय २० स्थानमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुको पहुँच पुुग्न बाँकी रहेको बताएका छन् । भूभागको हिसाबले हेर्ने हो भने पहिले ४० प्रतिशतमा बैंकहरुको उपस्थिति थियो, स्थानीय तहमा जानुपर्ने व्यवस्थापछि अब लगभग ८० देखि ९० प्रतिशत भूभागमा बैंकिङ पहुँच पुगेको राष्ट्र बैंकका उच्च अधिकारीहरुले बताएका हुुन् ।


के बैंकहरुको भौतिक उपस्थितिलाई मात्र वित्तीय पहुुँच विस्तार भएको मान्ने हो ? राष्ट्र बैंकलाई बैंकलाई आमनगारिकको प्रश्न हो यो । वित्तीय पहुँच संख्यात्मकरुपमा होइन, गुणात्मक रुपमा हुुनुुपर्छ । अहिले नेपालमा लघुवित्तबाहेक २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक र २८ फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये वाणिज्य बैंकहरुको २२ सय ७४, विकास बैंकहरुको सात सय ६९ र फाइनान्सहरुको एक सय ३० वटा समेत गरी कुुल तीन हजार एक सय ७३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । ती शाखाहरुमध्ये धेरैजसो शाखाहरु काठमाडौं उपत्यका र अन्य सुुगम क्षेत्रहरुमा रहेका छन् । सामान्यरुपमा हेर्ने हो भने अहिले सुुगम क्षेत्रहरुमा मात्र एउटै भवनमा तीनदेखि चार वटासम्म बैंक तथा फाइनान्सका शाखाहरु सञ्चालनमा रहेका छन् । यो उपस्थितिलाई के भन्ने ? बैंकहरुले अहिले कर्जा प्रवाह गरी उत्पादन र उत्पादकत्व बढाउनेभन्दा पनि निक्षेप तान्ने किसिमबाट शाखाहरु खोलिएका छन् । स्थानीयस्तरमा जति शाखाहरु खोलिएका हुुन्छन्, त्यति नै मासिकरुपमा निक्षेप जम्मा गर्न सीमा तोकिएको हुन्छ । त्यही आधारमा ती शाखामा रहेका शाखा प्रमुखहरुले निक्षेप तान्ने गरेका छन् । अनि त्यो रकमलाई बैंकहरुले केन्द्रसम्म तान्ने गरेका छन । त्यही कारण पनि निक्षेप र कर्जामा निकै नै ठूलो असमानता रहेको छ ।


राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्यांंकलाई आधार मान्ने हो भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा कुुल निक्षेपकर्ता ग्राहक संख्या एक करोड ९७ लाख ५४ हजार ३६ रहेको छ । जसमध्ये वाणिज्य बैंकमा एक करोड ६१ लाख १९ हजार छ सय १४, विकास बैंकहरुमा ३२ लाख चार हजार सात सय १८ र फाइनान्सहरुमा चार लाख २९ हजार सात सयवटा निक्षेप खाता सञ्चालनमा रहेका छन् । यसबीचमा कुल कर्जावाला खाता संख्या भने १२ लाख १६ हजार ९१ वटा रहेको छ । सोही आधारमा पनि निक्षेप र कर्जावाल ग्राहकको बीचमा निकै ठूलो असमानता रहेको देखिन्छ । यो असमानतालाई आधार मान्दा वित्तीय पहुँचलाई गुणात्मक मान्न सकिँदैन । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै