logo

रेमिट्यान्सको सहीरुपमा सदुुपयोग होस्

नेपालमा वार्षिकरुपमा औसत दुुई खर्ब ५९ अर्ब नौ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिने गरेको छ । तर विडम्बना यसको ९० प्रतिशत रकम उपभोगमा नै खर्च हुुने गरेको छ । यसलाई आधार मान्दा नेपालीले प्राप्त स्रोत र साधनको सहीरुपमा उपभोग गर्न नसकेको देखिन्छ ।


रेमिट्यान्सबाट प्राप्त ठूलो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेको भए लामो समयसम्म प्रतिफल लिन सकिन्थ्यो  तर विडम्बना, यति ठूलो रकम ल्याएर  मोजमस्ती गरेरै सकिएको अवस्था छ । केन्द्रीय तथ्यांक विभागले भने कुल भित्रिने रेमिट्यान्सको ७९ प्रतिशत उपभोगमा खर्च हुने जनाएको छ । लत्ता कपडा खानपिन तथा शिक्षा क्षेत्रमा रेमिट्यान्सको देशको आम्दानी त बढाएको छ तर यसले परनिर्भरतालाई पनि उत्तिकै प्रोत्साहन दिएको छ । ‘९० प्रतिशतसम्म खर्च गर्नेमा समेत आयातित सामग्रीमै धेरै खर्च हुनेगरेका कारण रेमिट्यान्सका कारण देशलाई खासै फाइदा हुने गरेको छैन’ केन्द्रीय बैंकका अधिकारी भन्छन् । जति रकम विदेशबाट आउँछ उत्ति नै रकम विदेशी सामान आयातमा खर्च हुने गरेको छ ।


रेमिट्यान्सको प्रमुुख स्रोत वैदेशिक रोजगारीमा रहेका युवायुुवतीहरु नै हुुन् । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका धेरैजसो जिल्लाहरुको ग्रामीण क्षेत्र अहिले सुनसान छ, धेरैजसो कामका लागि नेपालीले विदेश गएको एक वर्षको कमाइ ऋण तिर्न खर्च गर्ने र दोस्रो वर्षदेखि परिवारहरुसमेत सहरी क्षेत्रमा स्थानान्तरण हुने क्रम उच्च छ । सहरमा बसेर बालबच्चा पठाउने तथा सहरी रहनसहनमा खर्च बढेको हुन्छ । यसमा सरकारले दीर्घकालका लागि अदक्ष कामदारलाई रोकेर बैंकबाट सरलरुपमा कर्जा उपलब्ध गराउने र कृषिमा गाउँमै रोजगारीको सिर्जना गर्ने काम गर्नु आवश्यक छ । हाल विदेशमा गएर कमाएको रकम विदेशमै सक्ने क्रम बढेसँगै सामाजिकरुपमा समेत अस्थिरता बढेको छ । अहिले प्रतिदिन नेपालबाट करिब एक हजार पाँच सय व्यक्ति रोजगारीका लागि विदेशिने गरेको अनुमान छ । आन्तरिक रोजगारीका अवसर नपाएर विदेशिनेहरुमा ७४ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । त्यसैगरी २५ प्रतिशत अर्धदक्ष र एक प्रतिशत मात्र दक्ष जनशक्ति रहेको छ । करिब चार लाखभन्दा बढी जनशक्ति वार्षिकरुपमा श्रम बजारमा प्रवेश गर्ने भए पनि रोजगार वृद्धिदर दुुई दशमलव नौ प्रतिशतमात्र रहेको छ । यसले गर्दा पनि नेपाली युवाहरु रोजगारीकै लागि विदेशिन बाध्य रहेका छन् । यो अवस्था आउन नदिनका लागि राज्यले उत्पादन र आर्थिक वृद्धिमा जोड दिनुुपर्छ । रेमिट्यान्सबाट प्राप्त रकमलाई उत्पादनमुुखी क्षेत्रमा लगाउनका लागि ठोसरुपमा नीति तथा कार्यक्रम ल्याउनैपर्छ । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै