logo

घर धितोमा ऋण कार्यान्वयन होस्

वि.सं. २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पपछि धेरै मानिसहरु घरविहीन हुनपुगे । ठूलो परिमाणमा आर्थिक, भौतिक, सांस्कृतिक एवं मानवीय क्षति भयो । सोहीपश्चात् सरकारले भूकम्पपीडितहरुको पुुनरुत्थान र पुुनर्वासको लागि विभिन्न किसिमका राहत योजनाहरु ल्यायो । उक्त राहत योजनाहरु कार्यान्वयनको लागि विभिन्न किसिमका ऐन तथा नियमहरु ल्यायो । तर ती सबै ऐन÷नियमहरु भूकम्पपीडित जनताको पुुनर्वासको लागि भन्दा पनि अन्य कामकाजका लागि प्रयोग भए । यसको पछिल्लो उदाहरण भनेको अहिलेसम्म पनि भूकम्पपीडित जनताहरुले टहरोमा नै जीवन जिउन बाध्य हुुनु हो । नेपाल राष्ट्र बैंकले सरकारको निर्देशनअनुसार भूकम्पपीडित जनतालाई घर बनाउन काठमाडौं उपत्यकामा २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने व्यवस्था लागू गरेको थियो ।


यस्तो कर्जाको लागि राष्ट्र बैंकले सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुलाई शून्य ब्याजदरमा कर्जा दिने र सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले भूकम्पपीडितहरुलाई दुुई प्रतिशतमा उक्त कर्जा वितरण गर्ने सहमति भएको थियो । तर धितो, प्रक्रियागत कागजी जटिलतालगायतका विविध कारणले उक्त सहुलियत कर्जा ठोसरुपमा कार्यान्वयन हुुनसकेन । त्यति नै बेला राष्ट्र बैंकले सामूहिक जमानीमा तीन लाख रुपैयाँ कर्जा दिने नीतिगत व्यवस्था गरेको थियो । तर भूकम्प गएको तीन वर्ष लागिसक्दा पनि राष्ट्र बैंकको उक्त नीतिअनुसार काम भएन अर्थात् एक जना भूकम्पपीडितले पनि सामूहिक जमानीमा सहुलियत कर्जा पाएनन् । यो कर्जासम्बन्धी व्यवस्था अहिले सरकारले तीन वर्षपछि संशोधन गरेको छ ।


तर संशोधित व्यवस्था कार्यान्वयन हुुन्छ भन्नेमा अझै ढुुक्क भइहाल्ने अवस्था छैन । यसलाई बैंक तथा फाइनान्स कम्पनीहरुले कुुन रुपमा लिन्छन् हेर्न बाँकी छ । तर जे जस्तो भए पनि भूकम्पपीडितहरुले बन्दै गरेको घर धितो राखेर ऋण पाउने व्यवस्था पूर्णरुपमा लागू हुुनुुपर्छ । सबै भूकम्पपीडित नागरिकको घर बन्नुुुपर्छ । सबैले सहुलियत ऋण पाउनुुपर्छ । प्रक्रियागत जटिलता देखाएर तीन लाख रुपैयाँ सहुलियत कर्जा दिने व्यवस्थाबाट कोही कतैबाट पनि उम्किन पाउँदैन । सरकारले जुुन निर्णय गरेको छ, त्यो निर्णय पूर्णरुपमा कार्यान्वयन भएको छ वा छैन भनी प्रभावकारी अनुुगमन गर्नुुपर्छ । भूकम्पपीडितलाई घरवासयुुक्त बनाउन कुनै कसर बाँकी राख्नुुहुँदैन । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै