logo

सभामुखको भ्रमण कति सान्दर्भिक ?

संंसद्सामु धेरै चुनौती छन् । गएको हप्ता दर्ता भएका राष्ट्रिय सभा गठन र राष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन बनेनन् भने संविधान कार्यान्वयनमा एउटा ठूलो अवरोध आउनेछ । यता संसद्को आयु झन्डै एक महिनामात्र बाँकी छ । अहिलेका सदस्यले उम्मेदवार मनोनयन गर्नासाथ यो संसद्को आयु सकिन्छ । यो भनेको कात्तिक ५ को कुरा हो । आयोगले पहिलो चरणको मनोनयन यसै दिनलाई तोकेको छ । तर यता यो जिम्मेवारीबाट पन्छिँदै सभामुख विदेश भ्रमणको तयारीमा जुटेका विवरणहरु आएका छन् । कार्यक्रमअनुसार सभामुखबाट असोज पहिलो साता चीन र तेस्रो सातादेखि श्रीलंका भ्रमण हुँदैछ । श्रीलंकापछि असोज २८ देखि अन्तरव्यवस्थापिका संघको बैठकमा भाग लिन रुसको भ्रमण हुँदैछ । असोज ३ गते संसद् दिवसका दिन सार्वजनिक बिदा हुने भए पनि सभामुखले भोलिपल्ट चीन भ्रमणमा जाने भएपछि सार्वजनिक बिदाकै दिन संसद् बैठक बोलाइएको अवस्था छ ।


यही बीचमा २ नम्बर प्रदेशमा २ गते स्थानीय तहको निर्वाचन र अन्य जिल्लाका सांसद् जिल्ला भ्रमणमा रहेकाले सभामुखले संविधान दिवसका दिन बैठक बोलाएको बताइएको छ । यो दिन भनेको जनमत संग्रहका रुपमा हेरिएको यो प्रदेशको चुनाव परिणाम आउन थाल्ने दिन हो । यसअघि कोरम नपुगेर बैठक स्थगन हुँदै आएका थुप्रै उदाहरण छन् जस्तो भदौ २३ गते एकै दिन तीनवटा बैठक राख्दा पनि कोरम नपुगेपछि सभामुखले असोज ३ गतेलाई सार्नुपरेको थियो । स्थानीय तह निर्वाचनका लागि मधेसमा रहेका सांसद् उपस्थित नभए ३ गते कोरम पुग्न कठिन छ । थारू आयोग, मुस्लिम आयोग गठनलगायत संघीयता कार्यान्वयनसम्बन्धी विधेयक संसद्मा कोरम नपुगेपछि भदौ २३ गते पारित हुन सकेका थिएनन् । त्यसमाथि अहिले अरु महत्वपूर्ण दुईवटा विधेयक थपिएका छन् जसलाई यो महिनाभित्र पारित गरिएन भने संविधान कार्यान्वयनमा बाधा पुग्छ । संसद्को आयु एक महिनामात्र बाँकी रहेका बेला राष्ट्रियसभा निर्वाचन, राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन, कर्मचारी व्यवस्थापनलगायत महत्वपूर्ण विधेयक रात दिन नभनी पारित गर्नुपर्ने बेला सभामुखको यो भ्रमणले त्यसमा बाधा पुग्छ नै ।  चीनको कुन्मिङमा आयोजना हुन लागेको वन रोड वन बेल्ट कार्यक्रममा भाग लिन असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम देखियो । यो भनेको कार्यकारी तहबाट हुने काम हो । सभामुखको यसमा कुनै भूमिका हुँदैन ।


यही बीचमा दशैं प्रवेश भइसकेको छ । असोज ११ गते फूलपाती परेकाले दशैंअघि संसद्को काम खासै नहुने देखिन्छ । संविधान कार्यान्वयनसम्बन्धी विधेयक कसैले पनि अलपत्र पार्नु भनेको आपत्तियुक्त नै हो । यो भ्रमणको तुलानामा संसद्ले गर्नुपर्ने काम महत्वका हुन् । सभामुखबाट यसको ख्याल गरेको पाइएन् । संसद्मा हाल ३६ वटा विधेयक विचाराधीन छन् । रुपान्तरित संसद्को आयु नै समाप्त हुने भएकाले विचाराधीन विधेयक पारित नभए अर्को संसद्मा नसरेर तिनीहरूको अवस्था शून्यजस्तै हुनेछ । यस्तो बेला यो भ्रमण महत्वको हो कि संसद्को काम भन्ने सभामुखले निक्र्योल गर्नैपर्छ । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै