logo

२ नम्बर प्रदेशले विवेक प्रयोग गर्ने दिन

तेस्रो चरणको निर्वाचन आज सम्पन्न  हुदैँ छ  । यो प्रदेशको निर्वाचन यसकारण पनि सबैको प्रतिक्षाको विषय बन्यो जो विकृतिका रास नै लागे । यस्ता उम्मेदवारलाई पराजित गर्न सकिएन भने मतदाताले अवसर गुमाउनुपर्नेछ । सरकारलाई बुझाउनुपर्ने करोडौंको अंकको कर नतिरेका र केवल उम्मेदवार हुनका लागि मनोनयन हुने दिनमात्रै दल बदलेका व्यक्तिहरुको संख्या ठूलो देखियो । यिनले जिते भने स्वाभाविक छ आफूले खोजेजस्तो स्थानीय तह पाइने छैन । एउटा उदाहरण हो वीरगन्ज महानगपालिकाका एउटा राजनीतिक दलबाट प्रस्तावित उम्मेदवार । उनले  जिते भने उनको पहिलो काम हुनेछ आफूले पहिले नतिरेको १० करोडको अंकमा रहेको कर मिनाहा गर्नु । यही प्रयोजनका लागि उनलाई यहाँको मेयरका लागि उम्मेदवारी दिलाएको मानिएको छ अहिले । जब आफै कर तिर्दैनन् भने उनलाई अरुबाट कर उठाउने नैतिकता होला कि नहोला भन्नेसम्म हेरिएन । सचयाउनुपर्ने ठाउँ भनेको यही हो । दलले खडा गरे पनि जनताले सच्याउनुपर्छ । यी पात्रका बारे देखिएको विवरणले त्यसै भन्छन् ।


समाचारका विवरण हेरौं । कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् । बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछि आफूले कलेजको प्रबन्ध निर्देशक पद छोडिसकेको बताए तर करचाहिँ त उनैले तिर्नुपर्ने हो । जुन ठाउँमा उम्मेदवार बनाइएका छन् त्यो संस्था महानगरपालिकाको कर नतिर्ने व्यक्ति मेयरका लागि चुनाव लड्न लागेको कुरा वास्तवमै मतदातालाई मूर्ख बनाउने कुरा हो । यस्तो कुरा सार्वजनिक भएपछि त्यो दलले यो उम्मेदवारी रोक्ला भन्ने धेरैलाई लागेको थियो । तर त्यस्तो भएन । कलेजले तिर्नुपर्ने नौ करोड दुई लाख ४७ हजार नौ सय ९६ रुपैयाँ ४३ पैसा घरजग्गाबापतको कर बक्यौता रहेको व्यक्तिलाई उम्मेदवार बनाइएको यो अवस्थालाई सच्याउने भनेको जनताले नै हो ।


स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा व्यापक धाँधली भएको गुनासो खासै सुनिएको थिएन । यसैगरी केही बाहुबली र कारोबारीहरूले पार्टीको सदस्यका रूपमा उम्मेदवारी पाएको भनिए पनि उम्मेदवारी किनबेच भएको गुनासो उति सुनिएको थिएन । दुर्भाग्य, यहाँ भिन्न अवस्था देखियो ।


राजनीतिक कार्यकर्तालाई उपेक्षा गरेर पैसा लगानी गरेकै भरमा सन्देहास्पद चरित्रका व्यापारी र बाहुबलीलाई उम्मेदवार बनाइएको घटना सामान्य होइन । कर नतिर्ने मात्र होइन अघिल्लो दिनसम्म एउटा पार्टीबाट उमेदवारी माग्ने व्यक्ति भोलिपल्ट अर्कै पार्टीका तर्फबाट उम्मेदवार बन्न पुगेका समेत उदाहरण देखियो । यो भनेको उम्मेदवार हुनैका लागि राजनीतिक, आर्थिक र नैतिक मूल्य मिचेको अवस्था हो, जसले यस्ता व्यक्ति निर्वाचित भए भने लगानी उठाउन जे पनि गर्न तम्सने निश्चितै छ ।  त्यसैकारण यसलाई यो प्रदेशका जनताले विवेक देखाउने बेला भनिएको हो । स्वच्छ चरित्र र राजनीतिक निष्ठामा रहेका व्यक्तिलाई जनताले छाने भने राजनीतिक कालोबजारीहरूको मनोबल खस्कनेछ । त्यसको उल्टो पैसाको प्रभावमा राजनीतिक कारोबारीलाई जिताइयो भने त्यसको परिणाम भयावह हुनसक्छ । कारण, कालोबजारमा उम्मेदवारी किन्नेले निर्वाचनमा मत पनि पाए भने पार्टीका नेताहरूले पैसावाललाई उम्मेदवारी बेच्ने बहाना पाउनेछन् र आगामी दिनमा यो एउटा नजिर बन्ने खतरा हुन्छ ।  आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै