logo

तारहरुको सञ्जालमा सहर

वास्तवमै देशैभरिका सहर तारको सञ्जालमा छन् । कतै लडिरहेका, कतै जोडिरहेका र कतै मान्छेको ज्यान नै लिने गरी । यही गञ्जागोलबीच सूचना तथा सञ्चारमन्त्री सडकको एउटा पोलमा कर्मचारीले समाएर ठड्याएको भ¥याङ चढेर नेपाल दूरसञ्चार प्राधिकरणकै एक कर्मचारीले लमतन्न परेको एउटा कालो तार तानिदिए । यो तारलाई व्यवस्थित गर्नुभन्दा पनि उदटनमा रातो रिबन काटिएजस्तै रिबनले बाँधिएको कालो तार काटिएको थियो । यो काम मन्त्रीले नै गर्नुपर्ने हो, होइन भने आफैंमा एउटा बहस हुनसक्छ तर वास्तवमै यसरी नै देशैभरिका तार व्यवस्थित गर्ने अभियान चलाइएको भएचाहिँ यसलाई सकारात्मक भन्नुपर्छ । तर यो त्यस्तो अभियानअन्तर्गतको होजस्तो देखिएन जस्तो मन्त्रीले भने– एसियन डेभलपमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार बिछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ । अर्थात यो काम निर्माणक्रममै रहेछ । त्यसो हो भने यो कटाइको अर्थ के रह्यो भन्ने प्रश्न खडा हुन्छ नै ।


तार व्यवस्थापनको प्रयासमा नीतिगत सुधार हुनुपर्छ त्यसको साटो मन्त्री आफैं तार काट्न हिँड्नुले कि त यो सरकारलाई कर्मचारीले टेरेनन् वा यो देखाउनका लागि मात्र थियो भन्ने बुझाउँछ । राजधानीका सडकमा झण्डै पचासदेखि साठी वटासम्म विभिन्न आईएसपी र केवल वितरकका तार अव्यवस्थित छन् । राजधानीमै यस्तो भएपछि अन्य सहरको हविगत अनुमान गर्न सकिन्छ । सञ्चार मन्त्रालयले तिनै तार हटाउने नेतृत्व लिएको बताइरहेको छ । मन्त्रीले समस्या देखाउने हो र त्यसलाई हटाउन पहल गर्नुपर्ने हो । कर्मचारी र निकायले गर्ने काम मन्त्री आफैंले गर्न थालेपछि स्वाभाविक छ यो काम गर्नका लागि होइन, प्रचारका लागि हो । महाराजगञ्जमा तार पानीमा झर्दा मानिसलाई करेन्ट नै लाग्यो । उनी अहिहले घाइते अवस्थामा उपचार गराइरहेका छन् । तार हटाउने विषयमा बैठक नै बसेर छलफल भएको थियो । यो भनेको समस्या पहिचान तर्फको एउटा कदम मानौं । राजधानीका पोलमा राखिएका तारमा पहिचान राख्ने र पहिचान नभएका तार काट्ने अभियान सुरुवात गरिएको भन्छ मन्त्रालय । उसको ठहरमा राजधानीका विद्युत्का पोलहरुमा रहेको तारले सहर कुरुप छन् । तर काटिएका कुरुप तार भत्किएका सडकमा असरल्ल छन् त्यो दिन तानिएको तार पनि त्यसै छाडिएको अवस्थामा छ ।


धेरै पहिलेदेखि राजधानीको त्रिपुरेश्वर कंलकी सडकमा तार अन्डरग्राउन्ड गर्ने योजना सुरु भएको थियो, त्यो काम अहिले पनि अलपत्र नै छ । त्रिपुरेश्वरमा मन्त्रालयले केही समयअगाडि हटाएको तार भुइँमा लत्रिएको अवस्थामा नै देखियो । तिनलाई नकाट्दा माथि भएका तार तल झरेपछि झन् अव्यवस्थित हुने नै भयो । कालिमाटीमा सडक विस्तारले त्रिपुरेश्वर कलंकी सडकमा अन्डरग्राउन्ड गर्न नसकेको मन्त्रालयको भनाइ छ । तार काटेपछि महानगरपालिकाले उठाएर लैजाओस् भन्ने होला तर, महानगर कुरामात्र गर्छ भन्ने जगजाहेर नै भइसकेको छ । केही पहिले मुलुकमा चरम लोडसेडिङ भइरहेका बेला झलनाथ खनाल नेतृत्वको सरकारमा ऊर्जामन्त्री भएका एमाले नेता गोकर्ण विष्टले महसुल नतिर्ने सरकारी विभागको तार काट्ने अभियान चलाएका थिए । अभियानले चर्चा बटुलेको थियो । तर त्यो चर्चामा नै सीमित रहेको अवस्थामा अहिलेको अभियानले गति लिने देखिँदैन । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै