logo

पुँजी बजारको सिण्डिकेट तोड

गत हप्ता आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालले तीनवटा ब्रोकर कम्पनीहरुलाई मूल्य अभिवृद्धि कर तिर्न पत्राचार गरे । लामो समयसम्म भ्याट नतिरेका ब्रोकर कम्पनी ५२, ५३ र ५४ लाई विगत चार आर्थिक वर्षको कर तथा जरिवाना एकमुुष्ट रुपमा तिर्न कर कार्यालयले ती ब्रोकर कम्पनीहरुलाई पत्र काटेको थियो ।


कर कार्यालयबाट प्राप्त जानकारीलाई नै आधार मान्ने हो भने पनि एउटै ब्रोकर कम्पनीले एक करोड रुपैयाँभन्दा बढी भ्याट नतिरेको देखिएको थियो । भ्याट भनेको जनताले तिरेको पैसा हो, त्यो राज्यलाई तिर्नुुपर्छ । तर त्यसो नगरेपछि कर कार्यालयले ब्रोकर कम्पनीलाई पत्र काट्यो । त्यसको केही घण्टामा नै बाँकी ४८ वटा ब्रोकर कम्पनीले ती तीन कम्पनीको कारोबार रोकेकोमा विरोध जनाउँदै ४८ वटै ब्रोकर कम्पनीको काम गरेनन् । सो दिन नेपालको सिंगो पुँजीबजार ठप्प नै ठप्प भयो । लगानीकर्ताहरुले सेयर ब्रोकर कम्पनीहरुका विरुद्धमा विज्ञप्ति जारी गरी पुँजीबजारमा ब्रोकर कम्पनीहरुको दादागिरी र सिण्डिकेट तोड्नुुपर्ने आवाज उठाए ।


वास्तवमा यो एउटा सानो उदाहरण मात्र हो । नेपाली पुँजीबजारलाई ब्रोकर कम्पनीहरुले कसरी आफ्नो दबदबामा राखेका छन् भन्ने । अहिले नेपाली सेयर बजारमा जति पनि खरिद बिक्री हुुने गरेका छन् । ती सबै खरिदबिक्रीमा ब्रोकर कम्पनीहरुको ठूलो हात रहेको छ । ती कम्पनीहरुले दलालको रुपमा सेयर खरिद बिक्री गर्ने मात्र नभई राम्रा कम्पनीहरुको नाउँमा आफन्त, साथीभाईहरुको नाउँमा सेयर बुुक गर्ने, पैसा आफैँले लगाएर ती व्यक्तिहरुको नाउँमा सेयर खरिद गर्ने बिक्री गर्दा आएको नाफाबराबर बाँड्ने गरेका छन् । यही कारण पनि नेप्सेमा सामान्य अवस्थामा पनि यति धेरै उतारचढाव आउने गरेको हो । दैनिक एक अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुुने गरेको नेपाली पुँजीबजार विगत लामो समयदेखि अस्थिर हुुनुुमा ब्रोकर कम्पनीहरुकै हात रहेको छ । यो अवस्थामा नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले ब्रोकर कम्पनीहरुलाई नियमसंगतरुपमा चलाउन नसक्दा नेपाली पुँजीबजार ठूलालाई उकास्ने र सानालाई घर न घाटको बनाउने दिशातर्फ गएको छ । अबको समय यो दिशा मोडिनुुपर्छ । पुँजीबजारमा ब्रोकर कम्पनीको दादागिरी र सिण्डिकेट तोडिनुुपर्छ । नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिनुुपर्छ । वाणिज्य बैंकहरुलाई ब्रोकर कम्पनीहरुको लाइसेन्स दिने प्रक्रिया छिटो नीतिगत व्यवस्था गरी कार्यान्वयनमा ल्याउनुुपर्छ । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै