logo

निर्वाचन आयोगको अनियमितता छानबिन गर

देशमा निर्वाचन भइरहँदा र त्यसका लागि निर्वाचन आयोगले आचारसंहिता लगाइरहेका बेला निर्वाचन सामग्रीको नाममा आधा दर्जनजति विलासी गाडी खरिदलगायतका अन्य अपारदर्शी खर्चको विरोध गरिरहेका सचिवको सरुवा भयो, निर्वाचन आयोगबाट । यसको सन्देश कस्तो गयो भने आर्थिक अनियमितता रोक्न खोज्दा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा भयो । सन्देशमात्र गएन वस्तुस्थिति पनि यस्तै रहेको पाइयो, जुन गम्भीर आपत्तिको हो र एकप्रकारले छानबिन गर्नैपर्ने विषय पनि । जब मुलुकमा राष्ट्रिय महत्वका काम हुन्छन् त्यसबेला यस्तो अनियमितताको एउटा लहर नै चल्दछ । विगतमा नेपालमा सार्क सम्मेलन हुँदा कति अनियमितता भयो भन्ने जगजाहेर नै छ र अहिले निर्वाचनका नाममा आयोगको केन्द्रीय कार्यालयले नै यो कुरालाई दोहो¥याएको छ । समाचारमा आएअनुसार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तहरुले निर्वाचनको मौका छोपी आफूहरुलाई विलासी गाडी खरिद गर्न लाग्दा सचिव मैनालीले प्रमुख आयुक्त र आयुक्तका लागि अहिले आयोगमा गाडी भएको र गाडीलाई निर्वाचन सामग्री भनेर खरिद गर्न नहुने अडान लिएपछि यो सरुवा भएको थियो । यो सरुवापछि त्यहाँ जस्ता व्यक्तिलाई कामु बनाएर लगियो त्यसले पनि नियतमाथि शंका गर्ने ठाउँ बनाएको छ र नै यसलाई छानबिनको दायरामा ल्याउनुपर्ने भनिएको हो ।


प्रमुख आयुक्त र आयुक्तहरुको प्रतिनिधिमण्डलले यस्तो सरुवाका लागि सरकारसँग विशेष आग्रह गरेपछि सरकारले सचिव मैनालीलाई निर्वाचन आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काज सरुवा गरेको थियो । यसले आयोगले कति सानो कामलाई कति ठूलो बनायो भन्ने बुझाउँछ । सार्वजनिक भएको विवरणअनुसार प्रमुख आयुक्त र आयुक्तहरुले निर्वाचनको बेलामा निर्वाधरुपमा हेलिकोप्टर चढ्न खोज्ने, महँगो ठाउँको खाजा खान खोज्ने, विलासी गाडी खरिद गर्न खोजेपछि सचिवले त्यसमा असहमति जनाएका थिए । आयोगमा अहिले ७२ वटा गाडी छन् भने ८६ वटा गाडी भारतबाट निर्वाचनकै लागि भनेर ल्याइएको छ । पहिलादेखि भएका ७२ र पछि आएका ८६ वटा गाडीहरु विलासी र महँगा नभएका कारण प्रमुख आयुक्त र आयुक्तहरुले निर्वाचन सामग्रीको नाममा पाँचवटा विलासी गाडी किन्ने प्रयास गरेपछि सचिवले अर्थ मन्त्रालयको सहमति लिनुपर्ने अडान लिएका बुझ्न सकिन्छ । बैठकमा प्रमुख आयुक्त र आयुक्तहरुले निर्वाचन सामग्री शीर्षकमा गाडी किन्न किन अर्थ मन्त्रालयको सहमति चाहियो भनेर सचिवलाई हप्काउने काम गरेका थिए । तर पनि उनले अडान नछाडेपछि सचिवबाट निर्वाचनमा असहयोग हुन लाग्यो भनेर गलत आरोप लगाएर सरुवा गर्न प्रमुख आयुक्त र आयुक्तहरुले आफ्नो भएजति बलबुता लगाएका बुझ्न सकिन्छ ।
यो एउटा कर्मचारीको सरुवामात्र होइन । यहाँ राज्यको ढुकुटी जथाभावी खर्च गर्न खोजिएको र त्यसो गर्न रोक्दा ती पदाधिकारीलाई सिकार बनाइएको कुरा आफैं प्रष्ट हुन्छ । समाचारमा आएअनुसार त आयुक्तहरुको एक दिनको खाजामा मात्र प्रतिव्यक्ति पाँचदेखि १० हजार रुपैयाँसम्म खर्च हुने गरेको र कतिपयले त्यो खाजा पनि घरमा लानेगरेकोसम्म पाइएको सचिव मैनालीको अनुभव छ । त्यो हो भने यो काम अझै लामो समयसम्म चल्नेछ । यस्तो अनुभव रहेका सचिव र यस्तो काम गर्ने आयुक्तहरु अहिले पनि पदाधिकारमै रहेका हुँदा यो कुराको छानबिन हुन जरुरी छ । निर्वाचन आउँदो माघसम्म नै चलिरहने अवस्था छ । त्यसै पनि अन्यत्र आचारसंहिता लगाउने आयोग आफैंले त्यसको उल्लंघन गरेको यो एउटा उदाहरण हो । दोस्रो चरणको निर्वाचनको चार दिनअघि यो काम भयो । यस्तो अवस्थामा छानबिन भएन भने यो अनियमितताले संस्थागत स्वरुप पाउने छ जुन राम्रो होइन । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै