logo

भूकम्पपीडितको रकमबाट बैंक मोटाउँदै

उता भूकम्पपीडित राहतका लागि छटपटाइरहेका र यता भूकम्पपीडितको १८ अर्ब रकम बैंकमै थन्किएका समाचार एकैपटक आउनु निश्चय नै दुःखद पक्ष हो । सार्वजनिक भएको विवरणअनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । उता पीडित चाहिँ दुई वर्षभन्दा बढी समयअघिको च्यातिएको पालमा नै बस्न बाध्य भएका छन् । त्यसकारण यो मानवीय पक्षबाट पनि अन्याय भएको मान्नुपर्छ । केही पहिले भूकम्पप्रभावित जिल्लामा संकलन गरिएको तथ्यांक सार्वजनिक भएको थियो त्यो तथ्यांक हेर्दा वास्तवमै मन थमाउने ठाउँ पाइँदैन ।  भूकम्पप्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार नौ ४८ आवासीय निजी घरको क्षति मूल्यांकन गरिएको थियो त्यसबेला । यो भनेको ७० लाखको जनसंख्याको कुरा हो ।


केन्द्रीय तथ्यांक विभागले दुई हप्ताअघि सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट अतिप्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लाको क्षतिको विवरणले क्षति भएका घरमा बस्ने १० लाख ३६ हजार पाँच सय ६८ परिवारको जनसांख्यिक, सामाजिक र आर्थिक विवरण पनि देखाएको थियो । पहिलो चरणमा भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा गरी ११ जिल्लामा सम्पूर्ण घर तथा परिवारको पूर्ण गणना गरिएको र दोस्रो चरणमा अतिप्रभावित उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा स्थानीय निकायबाट प्राप्त भूकम्पप्रभावित पीडित विवरणका आधारमा सूचना संकलन गरिएको बताइएको थियो त्यसबेला । तेस्रो चरणमा भूकम्प कम प्रभावित धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बू, चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, पर्वत, म्याग्दी, अर्घाखाँची र नवलपरासी गरी १७ जिल्लामा पनि स्थानीय निकायबाट प्राप्त भूकम्पप्रभावित पीडित विवरणको आधारमा सूचना संकलन हुँदा यस्तो विवरण आएको हो । भूकम्प अतिप्रभावित १४ जिल्लामा पूर्णरुपमा भत्किएका ३५ प्रतिशत, आंशिक क्षति भएको तर ठडिएको अवस्थामा रहेका ५७ दशमलव छ प्रतिशत र क्षति नभएको सात दशमलव चार प्रतिशत घर रहेका छन् । यसैगरी, भूकम्पप्रभावित १७ जिल्लामा पूर्णरुपमा भत्किएका १५ प्रतिशत, आंशिक क्षति भई ठडिएको अवस्थामा रहेका ८१ दशमलव चार प्रतिशत र क्षति नभएको तीन दशमलव छ प्रतिशत घर रहेका छन् । भूकम्प अतिप्रभावित १४ जिल्लामा गम्भीर क्षति भएका छ लाख ८९ हजार पाँच सय नौ र कम प्रभावित १७ जिल्लामा एक लाख तीन हजार चार सय ७८ घर रहेको विभागले जनाएको अवस्था छ ।


जिल्लागत रुपमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ९६ दशमलव एक, रसुवामा ९४ दशमलव चार, नुवाकोटमा ९२ दशमलव तीन, भक्तपुरमा ९२ दशमलव तीन र दोलखामा ९२ दशमलव एक प्रतिशत घर पूर्णरुपमा क्षति भएका थिए । गम्भीर क्षति भएका घरमध्ये माटो र ढुंगाले बनेको ८४ दशमलव दुई, सिमेन्ट र इँट्टाले बनेका वाल सिस्टमका पाँच दशमलव चार, सिमेन्ट, रड, इँट्टा/ढुंगाले बनेका चार दशमलव एक, बाँस÷काठले बनेका पाँच दशमलव आठ प्रतिशत घर छन् । यसले बुझाउँछ विवरण त आयो तर त्यसपछि गर्नुपर्ने काम गरिएन । बहाना जेसुकै हुन् मूल कुरा हो पीडितहरुले राहत पाउनुपर्ने । त्यस्तो रकम बैंकमा थुप्रिएर स्वाभाविक छ त्यसको कुनै अर्थ हुँदैन । थुप्रिएको यो रकम कसरी वितरण गर्ने भन्ने तत्काल नै उपाय खोजिनुपर्छ । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै