logo

शान्तिपूर्ण मनोनयनको सन्देश

आगामी पाँच वर्षको स्थानीय सरकार गठनका लागि हुनलागेकोे स्थानीय तह निर्वाचनअन्तर्गत १४ असारमा हुने दोस्रो चरणको निर्वाचनका लागि प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा जस्तो उल्लासपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भयो यसले एउटा सकारात्मक सन्देश दिएको छ । त्यो भनेको पाँच वर्षमा एपटक हुने आफ्नो सार्वभौमसत्ताको प्रयोग हुनबाट कसैले नरोक भन्ने जनताको अभिमत रहेको अवस्था हो । स्वयम् बहिष्कारकर्ताहरुले पनि अर्कै आवरणमा मनोनयन दर्ता गर्न चुकेनन् । यो अर्को राम्रो पक्ष हो । यदि उनीहरु चुकेका भए कम्तीमा पाँच वर्षका लागि आफ्नो हातबाट सबै कुरा गुम्ने थियो । दलगत नभए पनि उनीहरुले आफ्ना पक्षमा कति मत रहको भन्ने देखाउन पाए । अब उनीहरुले वास्तवमै १४ गते हुने चुनावमा बहिष्कार नै गर्ने हो भने त्यो देखावटी रुपमा र आफूहरु मौन बस्नुपर्छ किन भने त्यसले नै उनीहरुको पक्षमा कति मत छ भन्ने देखाउँछ । यसरी बहिष्कार गर्नु दलहरुका लागि यो एउटा अवसर पनि हो र तेस्रो चरणको निर्वाचनमा उनीहरुलाई अर्को एउटा मौका प्राप्त हुन आउँछ ।


निर्वाचन आयोगले दलहरूबीचको सहमतिपछि परिवर्तन गरेको कार्यतालिकाअनुसार असार ४ गते तीनै प्रदेशका कुल तीन सय ३४ स्थानीय तहमा दलका तर्फबाट तथा स्वतन्त्र रूपमा उम्मेदवारीका लागि उम्मेदवारहरूले आआफ्नो स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराए । यस दिन  बहिष्कार गर्नेहरुले आमहडताल गरेका थिए तर त्यसको प्रभाव परेन । यसो हुनुको कारण हो जुन कार्यकर्ताका बलमा उनीहरुले हडतालको आह्वान गरेका थिए तिनीहरु नै निर्वाचनमा सरिक हुनु । यो पनि राम्रो संकेत हो नेतृत्वको अतिवादविरुद्ध । तेस्रो चरणमा पनि यस्तै हुने अपेक्षा गर्न सकिन्छ र गर्न पनि पर्छ । किनभने यो जनताको अधिकारको कुरा हो । उनले आफ्नो सरकार आफंै प्रत्यक्ष छान्ने यस्तो मौका सधैँ पाउँदैनन् । त्यस दिन भएको उम्मेदवारी मनोनय तीनै प्रदेशमा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको अवस्थाले धेरै कुरा बताउँछ र निर्वाचनका दिन यो उत्साह झन् बढ्नेछ । दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रयोजनका लागि तीनै प्रदेशमा प्रकट भएको यो उल्लासपूर्ण वातावरणले तेस्रो चरणलाई पनि यस्तै बनाउने पक्का छ जसरी पहिलो चरणले दोस्रोलाई प्रेरणा दियो । त्यस दिनको यो उम्मेदवारी बिहान ८ बजेबाट सुरु भएर अपराह्न ४ बजेसम्म चलेको थियो । बाजागाजासहित उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराए । यो क्रममा छिटपुट घटनाबाहेक कुनै अप्रिय दृश्यहरु प्रकट भएनन् जुन अर्को राम्रो पक्ष हो । दोस्रो चरणअन्तर्गत प्रदेश १, ५ र ७ मा हुने निर्वाचनमा तीनवटै प्रदेशमा गरी एक महानगरपालिका, सात उपमहानगर, एक सय ११ नगरपालिकाका लागि प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । यस्तै दुई सय १५ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि समेत मनोनयन दर्ता भएको छ । १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् अर्थात यतिवटा स्थानीय सरकार बन्नेछन् । आर्थिक दैनिक सम्पादकीय


Comment from facebook

सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै