logo

राज्य लुट्ने क्यासिनो सञ्चालकको नयाँ सूत्र , अर्बौँ रोयल्टी बुझाउन बाँकी भएपछि अर्कै नाममा सञ्चालन

काठमाडौं, फागुन ३० 
राजधानीलगायत देशभरका विभिन्न स्थानमा सञ्चालित जुवाघर (क्यासिनो) हरुले लामो समयदेखि सरकारलाई बुझाउनु पर्ने रोयल्टी (कर) नबुझाई नयाँ नामबाट क्यासिनो सञ्चालन हुँदै आएको छ । केही समयअगाडि कर र होटल मालिकसँगको विवाद पछि बन्द रहेका क्यासिनोहरु अहिले होटल मालिकसँगको मिलिमतोमै नाम परिवर्तन गरी पुनः सञ्चालनमा आएका हुन् ।
राज्यको करोडौं कर छली गर्दै आएका ती क्यासिनोले होटल मालिकसँगको मिलोमतोमा सोही होटलमा पुनः नाम परिवर्तन गरी क्यासिनो सञ्चालन गर्न थालेको भए पनि सरकारलाई बुझाउनुपर्ने कर भने अहिलेसम्म बुझाएका छैनन् । सोल्टी होटलमा रहेको क्यासिनो सोल्टीले पनि नाम परिवर्तन गरेर ‘माजोङ’ को नामबाट सञ्चालन गरेको छ । होटल हायातमा रहेको क्यासिनो ताराबाट अहिले क्यासिनो ‘प्राइड’ बनाएको छ । अन्नपूर्ण होटलको क्यासिनो अन्ना पनि बन्द गराई नयाँ क्यासिनो सुरू गर्ने तयारीमा विनय टेली साह लागिपरेका छन् ।
मल्ल होटलको क्यासिनो भेनस पनि ‘बलिज्य’ नाममा परिवर्तन भई यसै साताबाट पुनः सञ्चालनमा आएको छ । उक्त क्यासिनोलाई श्रीलङ्कन कम्पनीले सञ्चालनमा ल्याएको हो । यी सबै होटलमा सञ्चालन भइरहेको क्यासिनोले यस अघि करोडौं रूपैयाँ राजस्व तिरेका छैनन् ।
देशका विभिन्न भागमा रहेका आठवटा क्यासिनोहरूबाट सरकारले दुई अर्ब १९ करोड २८ लाख एक हजार चार सय ५२ रुपैयाँ पाँच पैसा रोयल्टी असुल्न बाँकी रहेको छ । तर ती सब क्यासिनो सञ्चालन गर्ने कम्पनी हाल फरार झंै बसेका छन् । तर होटलवालाको मिलोमतोमा क्यासिनो भने त्यही समूहका केही व्यक्तिले नाम परिवर्तन गरी सञ्चालन गर्दै आएको भेटिएको हो । होटल मालिकले यस्ता क्यासिनोका सञ्चालकसँग क्यासिनो सञ्चालन गर्न दिएबापत आजसम्म सलामीसमेत लिने गरेका छन् भने अर्कोतर्फ सरकारी कर नबुझाउने र मजदुरको तलबभत्तासमेत नदिई अहिले हजारौ मजदुर कामदारलाई बेघरसमेत बनाएको छ । स्रोतका अनुसार पहिलाको कम्पनीले तिर्नुपर्ने भाडाको हिसाब गरी होटल मालिकले सलामीसहित असुल उपर गरेको छ भने सरकारी रोयल्टी भने अझै कुनैले पनि बुझाएका छैनन् ।
आफूलाई क्यासिनोको ‘डन’ नै भएको बताउने विनय टेली साहलाई क्यासिनो सञ्चालन गर्न दिएबापत होटल अन्नपूर्णकी सञ्चालिका सिर्जना राणाले दस करोड अवैध तरिकाले सलामीबापतको रूपैयाँ लिएसँगै नामसमेत परिर्वन गरेर चलाउने अनुमति होटल अन्नपूर्णले दिएको पाइएको छ । पछिल्लो समय दुईले भने क्यासिनो सञ्चालन गर्दै आएका समूहले राज्यको कर नतिरी अदालतको आदेशकै भरमा क्यासिनो चलाउँदै आएका छन् ।


स्टे अडरकै भरमा क्यासिनो सञ्चालन गर्नेमा लाजिम्पाटस्थित होटल ¥याडिसनको क्यासिनो ¥याड र याक एण्ड यति होटलको क्यासिनो रोयल रहेका छन् । ती क्यासिनोहरुले कर नबुझाउने तर अदालतको स्टे अडरकै आधारमा दुई वर्षदेखि सञ्चालन गर्दै आएको छ ।
सरकारी कर नबुझाउने ती केही समयअगाडि कर र होटल मालिकसँगको विवादसमेत बढ्दै गएको छ । नेपालीलाई कानुनविपरीत जुवा खेलाएका क्यासिनोहरूले सरकारलाई कर पनि तिरेका छैनन् । काठमाडौं र पोखराका ११ क्यासिनोहरूले सरकारलाई बुझाउनुपर्ने तीन अर्ब रुपैयाँ अहिलेसम्म नबुझाई बस्दासमेत सम्बन्धित निकायले पत्र पठाउनेभन्दा अरु कारबाही केही गर्न सकेको छैन । २०६८ असार २७ गते सर्वोच्च अदालतले नेपाल रिक्रिएसन सेन्टरका आठ वटा क्यासिनोलाई खारेज गर्ने फैसला सुनाएपछि तथा प्रहरीले रिक्रिएसनका मालिक भारतीय नागरिक राकेश बाधवालाई पक्राउ गर्न खोजेदेखि अधिकांश क्यासिनोले सरकारलाई कर तिरेका छैनन् । बाधवा त्यो बेलादेखि नेपाल फर्किएका छैनन् ।
क्यासिनो सञ्चालक बाधवा भागेसँगै क्यासिनो नेपाली सहयोगीको हातमा पुगेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारले तराईका सहरहरूमा मिनी क्यासिनो खोल्न अनुमति दिएपछि क्यासिनोहरूको संख्या थपिएको थियो । तर, क्यासिनोबाट कर उठाउन भट्टराई सरकारले मात्र होइन, पछिल्लो पटक माओवादी केन्द्र र एमाले नेतृत्व सरकारले समेत उठाउन सक्ने आँट देखिएको छैन ।
शान्ति प्रक्रियामा आएदेखि क्यासिनोमा हावी भएको माओवादीले नेपालमा क्यासिनो स्थापना गरेका अमेरिकी नागरिक रिचार्ज डोयल टटल (आरडी टटल) लाई क्यासिनोबाट हटाउन वाधवालाई प्रयोग गरेको थियो । भने बाधवालाई हटाउन सरकार र आफ्ना मजदुरहरू प्रयोग गरेको आरोप माओवादीलाई लाग्दै आएको छ । टटललाई हटाउन साथ दिएको माओवादीमाथि भर पर्दै बाधवाले सरकारलाई कर तिरेको थिएन । माओवादीलाई रिझाउन उनले क्यासिनोमा माओवादी कार्यकर्ता भर्ती गर्दै माओवादी युनियनलाई कब्जा गर्न सजिलो बनाइदिएपछि तिनै युनियनले बाधवालाई हटाएको थियो । भने सरकारी कर भने कसैले पनि बुझाएका थिएनन् । २०६८ असार २७ मा सर्वोच्चले बाधवाको कम्पनीलाई ३४ करोड रुपैयाँ कर सरकारलाई बुझाउन आदेश दिएको थियो । सो आदेशलाई समेत बेवास्ता गरेर बसेको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यही वर्षको दुई असारमा सेन्टरका सबै क्यासिनो बन्द गर्न पत्र पठाएपछि बाधवा नै सर्वोच्च गएका थिए । सर्वोच्चको फैसलापछि मन्त्रालयले रिक्रिएसनका सबै क्यासिनोको लाइसेन्स खारेज गर्दै बक्यौता कर उठाउन आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाएको थियो । बाधवा हुँदासम्म कर उठाउन ताकेता गर्ने राजस्व कार्यालय अहिले चुपचाप रहेकाले कर नतिरे पनि क्यासिनो चलिरहेको छ ।
क्यासिनोबाट कर उठाउने जिम्मा पाएको आन्तरिक राजस्व कार्यालयले होटलको ग्रेडिङ गर्ने र क्यासिनोलाई अनुमति दिने पर्यटन मन्त्रालयले कर पनि उठाउनुपर्ने जनाउँदै आए पनि अहिले सम्म कर असुलउपर गर्न सरकार असक्षम बनेको छ । मन्त्रालयले गत वर्ष नै क्यासिनोबाट कर उठाउने सम्झौता विभागसँग गरिसकेको थियो । तत्कालीन समयमा युद्धकालमा तास खेल्नेलाई भौतिक कारबाही गर्ने एमाओवादी त्यहाँ काम गर्ने सात हजार मजदुरको रोजगारी जोगाउने नाममा क्यासिनोको संरक्षक बनेकाले सरकारले कर उठाउन नसकेको आरोप मन्त्रालयको रहेको छ । ४६ वर्षअघि स्थापना भएको ‘क्यासिनो नेपाल’ अहिले नाम परिवर्तन भएर क्यासिनो ‘माजोङ’ बनेको छ र यसको सञ्चालन गर्न माजोङ इन्टरटेनमेन्ट नामको कम्पनी खडा गरिएको छ । तर, आन्तरिक राजस्व कार्यालयका अनुसार सरकारलाई १८ करोडभन्दा बढी कर तिर्नुपर्ने जनाएको छ । तर क्यासिनोहरुको नाम फेरिएको विभागले जनाए पनि आधिकारिक रूपमा कार्यालयलाई त्यसको जानकारी नगाराएको समेत जनाएको छ ।
माजोङ इन्टरटेनमेन्टले २०६८ कात्तिक २३ मा कर्मचारीहरूलाई अवकाश दिने सूचना जारी गरेको थियो । त्यो सूचनामा नयाँ कर्मचारी भर्नाको आह्वान पनि गरिएकाले कर्मचारीहरूले श्रम विभागमा उजुरी दिएका थिए । वाग्मती अञ्चल श्रम कार्यालयले २०६८ असार दुई र २०६९ चैत ११ मा क्यासिनो नेपालका मजदुरहरूको दायित्व क्यासिनो माजोङले स्वीकारेकाले कर्मचारीलाई भुक्तानी तथा क्षतिपूर्ति दिन निर्देशन दिएको थियो । तर क्यासिनो माजोङले त्यो निर्देशन नमानेकाले २७ जेठमा दीपकबहादुर गिरी र प्रताप राना मगरसहित ४६ जना पीडित कर्मचारीले श्रम कार्यालयलाई पुनः गुहारेका थिए ।
क्यासिनो नेपाललाई माजोङ बनाएर राजस्व ठगी गर्ने योजनामा टटललाई विस्थापित गरेर बाधवालाई स्थापित गर्ने अनि बाधवालाई पनि हटाएको थियो माजोङको औपचारिक सञ्चालकमा भने अहिले पनि टटल र बाधवाको सहयोगी रहेका मनोज सुवेदी, विनोद श्रेष्ठ, विनय शाह नै रहेको बताइएको छ । २०६८ कात्तिक १८ मा माजोङ इन्टरटेनमेन्ट कम्पनी दर्ता हुनु र २४ कात्तिकमै सोल्टी होटल व्यवस्थापनसँग त्यसको नाममा क्यासिनो सञ्चालन गर्ने सम्झौता गरेर सञ्चालन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सबै क्यासिनोको लाइसेन्स सम्बन्धित तारे होटलको नाममा हुने गरेको । तर, लाइसेन्स दिंदा होटलले क्यासिनो चलाउन नपाउने पनि भनिएको हुन्छ ।
नेपालीहरूलाई खेलाउन नपाउने गरी सन् १९६८ मा राजपरिवारका केही सदस्यको सहयोगमा टटलले काठमाडौंको होटल सोल्टीमा ‘क्यासिनो नेपाल’ खोलेको इतिहास भेटिन्छ । २०४६ पछि सरकारले अरू क्यासिनो खोल्ने अनुमति दिएपछि टटलले सहयोगी बाधवासँग मिलेर सन् १९९२ मा अन्नपूर्ण होटलमा क्यासिनो अन्ना, सन् १९९३ मा एभरेष्ट होटलमा क्यासिनो एभरेष्ट र याक एण्ड यती होटलमा क्यासिनो रोयल खोलेका थिए । नेपाल रिक्रिएसन सेन्टर, ग्राण्ड भ्याली लिङ्क र गिल्ड इन्टरनेशनलको नाममा खुलेका अरू क्यासिनो पनि उनीहरूले नै सुरू गरेका थिए । २०५० माघ चारमा पर्यटन मन्त्रालयबाट अनुमति पाएको रिक्रिएसन सेन्टरले पहिले आठ वटा र पछि सोल्टी, हायात, अन्नपूर्ण र एभरेष्ट क्यासिनो मात्रै चलाएको थियो ।
अमेरिकी नागरिक आरडी टटललाई हटाएर नेपाल रिक्रिएसन सेन्टरमा राकेश बाधवालाई ल्याउनेहरू करोडपति बनेका थिए । एमाओवादीको अखिल नेपाल होटल तथा रेष्टुराँ मजदूर संघ, क्यासिनो नेपाल इकाइका अध्यक्ष प्रकाश थापा ती मध्येका एक हुन् । अहिले उनको ठमेलमा इटन होटल रहेको छ ।
थापाको सहयोगमा क्यासिनो नेपालको महाप्रबन्धक बनेका पुरुषोत्तम पौडेल पनि त्यसरी नै करोडपति बन्नेका थिए । कुनै समय टेम्पो चालक र क्यासिनो नेपालको क्लर्क रहेका पौडेलले अहिले क्यासिनो छाडिसकेका छन् । क्यासिनो नेपालका पूर्व प्रमुख एकाउन्टेन्ट पुरुषोत्तमलाल अमात्यले पनि करोडौं कमाएपछि क्यासिनो छाडेका छन् ।
क्यासिनो नेपालको एमाओवादी मजदुर युनियनका पूर्वअध्यक्ष केशव अधिकारी भने करोडौं कमाएर पनि माजोङ क्यासिनोमै छन् । नेपाल रिक्रिएसन सेन्टरका पूर्व सञ्चालकमध्ये एक भरतकुमार शाक्यले क्यासिनो छाडेका छन् भने एमाओवादी मजदूर युनियनका सदस्य चन्द्रकेतु क्यासिनो नेपालबाट पाँच करोड रुपैयाँ ठगी गरेर भारत भागेको आरोप लागेको छ ।

नेपाल रिक्रिएसन सेन्टर अझै रहे पनि सबै क्यासिनोमा अलग–अलग सञ्चालकहरू देखाइएको छ । तर, ती सबै क्यासिनोमा एमाओवादी मजदुर युनियन ‘ब्याक बोन’ जस्तो भएर बसेका छन् । क्यासिनोहरुले सरकारलाई तिर्नुपर्ने राजस्व नतिरेपछि पर्यटन विभागले कर तिर्नका लागि पटकपटक ३५ दिने अल्टिमेटम दिएको भएपनि सञ्चालकहरुले भने बेवास्था गर्दै आएका छन् । सञ्चालन रहेका क्यासिनोहरुले गएका वर्षहरुमा सरकारलाई तिर्नुपर्ने राजस्व नबुझाई बक्यौता राखेपछि पर्यटन विभागले कर तिर्न सूचना निकालेको हो । आर्थिक वर्ष २०७०÷०७१ को क्यासिनो रोयल्टी नौ वटा क्यासिनोले बक्यौता तिरेका छैनन् ।
रोयल्टी नतिर्ने क्यासिनोहरुमा द फूलबारी लिमिटेडको क्यासिनो फूलवारी, होटेल डेला अन्नपूर्ण प्रालिको क्यासिनो अन्ना, याक एण्ड यति होटल लिमिटेडको क्यासिनो रोयल, होटेल एभरेष्ट इन्टरनेसनल लिमिटेडको क्यासिनो एभरेष्ट रहेका छन् । त्यस्तै सोल्टी होटल लिमिटेडको क्यासिनो नेपाल, ओरियण्टल होटेल लिमिटेडको क्यासिनो ¥याड, द मल्ल होटेलको क्यासिनो भेनस र ह्याप्पी आवर, रक इन्टरनेसनल नामका दुईवटा मिनि क्यासिनोहरुले पनि राजस्व तिरेका छैनन् ।
यसैगरी सरकारी बक्यौता नबुझाई मिनी क्यासिनोसमेत देशभर सञ्चालनमा आएका छन् । सेन्टर मिडिया प्रालिको नाममा नरेन्द्र तेली शाहले विराटनगर, महेन्द्रनगरमा चलाएका छन् । ह्यापी आवर प्रालिको नाममा सुरेन्द्रबहादुर सिंहले भैरहवा, वीरगन्ज, काँकडभिट्टा र धनगढीमा मिनी क्यासिनो चलाउँदै आएका छन् । त्यसैगरी, रक कम्पनी प्रालिको नाममा किशोर सिलवालले काकडभिट्टा भारतको सिलगुढी, वीरगन्ज भैरहवामा सञ्चालन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकामा चीनको प्रत्यक्ष लगानीमा ३० प्रतिशतको गिरावट

चीनको अमेरिकामा गरिएको प्रत्यक्ष वैदेशिक लगानीमा सन् २०१७ मा व्यापक गिरावट आएको विवरण सार्वजनिक भएको छ...

डलरको मूल्य ११ महिनायताकै उच्च

पछिल्लो समय अमेरिकाको विषयमा देखिएको राजनीतिक समस्याको असर विहीबारको बजारमा देखिएको छ । विभिन्न आशंकाको कारण...

चीन–कम्बोडिया व्यापार बढ्यो

चीन र कम्बोडियाबीचको व्यापारमा सन् २०१७ को समग्र अवधिमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै