logo

राष्ट्र बैकले दैनिक सिसिडि रेसियोको अनुुगमन गर्ने , आगामी असोज मसान्तसम्म पाँच प्रतिसतको स्प्रेड दर कायम नगरे कारवाही

सुरेश राउत
काठमाडौ, फागुुन ३०
नेपाल राष्ट्र बैकले कर्जा तथा श्रोत परिचालन अनुुपात (सिसिडि) को दैनिकरुपमा अनुगमन गर्ने भएको छ । राष्ट्र बैकले बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे दैनिकरुपमा सिसिडि रेसियोको अनुगमन गर्ने बताएको हो ।
मासिक औषत आधारमा त्यस्तो अनुपात नाघेमा भने राष्ट्र बैकले हर्जाना समेत लगाउन सक्ने छ । राष्ट्र बैकका अनुसार प्रत्येक महिनाको एक देखि मसान्तसम्मको सार्वजनिक बिदा बाहेकका प्रत्येक कार्यदिनका आधारमा मासिक औषत अनुपात निर्धारण गरिने छ । तर तोकिएको सिमा नाघेमा नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा १९ अनुसार हर्जाना लगाईने राष्ट्र बैकले जानकारी दिएको छ । राष्ट्र बैकका अनुसार यस्तो हर्जाना रकम प्रत्येक महिनाको मासिक औषत कर्जा बक्यौता रकम माईनस ८० प्रतिसतले कायम हुुने मासिक औषत रकमलाई बैक दरले गुुणा गर्ने र एक सयलाई १२ ले गुुणा गरी भाग गर्दा आउने रकमका आधारमा तय गरिने छ ।
यस व्यवस्था अनुुसारको सिसिडि रेसियो गणना गर्दा प्राथमिक पुंजीको हकमा अघिल्लो त्रैमासमा कायम भएको प्राथमिक पुंजीलाई एवं कर्जा तथा सापट र स्वदेशी निक्षेपको हकमा सोही दिनको रकमलाई लिनुुपर्ने छ । तर त्रैमास समाप्त भएपछि हकप्रद सेयर एवं फर्दर पब्लिक सेयर (एफपिओ) को बाँडफाँड भई सो बापतको पैसा प्राप्त भई पुंजी बृद्धि हुुन गएमा प्राबिधिक पुंजी गणनाको लागि सो समेत उल्लेख गर्नुुपर्ने छ । यसैगरी राष्ट्र बैंकले संघिय संरचना अनुसार तय भएका सात सय ४४ स्थानीय तह मध्ये भन्ने बाक्यांसको सट्टा संघिय संरचना अनुसार तय भएका सात सय ५३ स्थानीय तह मध्ये राखेर पुरानो व्यवस्थालाई संसोधन गरेको छ । सोही आधारमा राष्ट्र बैक समक्ष तोकिएका स्थानीय तहमा शाखा स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका बाँणिज्य बैकहरुले न्युुनतम पुर्वाधार पुुगेका बैंकहरुमा चालुु आर्थिक बर्ष भित्रमा नै शाखा स्थापना गरिसक्नुु पर्ने छ । राष्ट्र बैकमा अनुसार स्थानीय तह मध्ये बैंकका शाखा नपुुगेका र २०७४ पुस मसान्तसम्म बाँणिज्य बैकहरुमा शाखा कार्यालयहरु समेत खोल्न बाँकी र रहेका स्थानीय तह मध्ये कुनै दुुई तहमा शाखा कार्यालय खोलेमा मात्र बाँणिज्य बैकहरुलाई काठमाडौ महानगरपालिका तथा ललितपुर उपमहानगरपालिका भित्र एउटा शाखा खोल्न स्वीकृती प्रदान गरिने छ ।
यसैगरी राष्ट्र बैैकले स्प्रेड दर कार्यान्वयन नर्गने बैंक तथा फाईनान्स कम्पनीहरुलाई कारवाही समेतको तयारी गरेको छ । राष्ट्र बैकका अनुसार बिसं २०७५ साल असोज मसान्त पश्चात आर्थिक बर्र्षको कुुनै समयमा स्प्रेड दर (औषत व्याजदर अन्तर) पाँच प्रतिसत बढी हुुने बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुलाई कारवाही गरिने छ । यस अन्र्तत बाँणिज्य बैकहरुलाई शाखा कार्यालय नभएका स्थानीय तह बाहेकका स्थानमा शाखा खोल्न रोक लगाउने, भुकम्प पीडितलाई प्रदान गर्ने बाहेकका अन्य पुुर्नकर्जा प्रदान नर्गने, सो आर्थिक बर्षको बोनस सेयरको कर प्रयोजन बाहेकका नगद लाभांस घोषणा एवं बितरण गर्न रोक लगाउने सहितका कारवाही गरिने परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैकले सोही परिपत्रमा बाँणिज्य बैकहरुले न्युुनतम आठ अर्ब, राष्ट्रियस्तरका बिकास बैकहरुले दुुई अर्ब ५० करोड, राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरुले ८० करोड, तीन वटा प्रदेशसम्मका १० जिल्ला कार्यक्षेत्र भएका क्षेत्रियस्तरका बिकास बैकहरुले एक सय २० करोड र सोही आधारमा कार्यक्षेत्र तोकिएको फाईनान्स कम्पनीहरुले ८० करोड र तीन वटा प्रदेश र पाँच वटा जिल्लासम्म कार्यक्षेत्र तोकिएका क्षेत्रियस्तरका बिकास बैकहरुले ५० करोड र सोही क्षेत्र कार्यक्षेत्र तोकिएका फाईनान्स कम्पनीह्रुले ४० करोड रुपैयाँ चुक्ताm पुंजी पुर्याउनुु पर्ने व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ ।


आज २० अर्ब रुपैयाँको रिपो जारी गर्दे राष्ट्र बैक
नेपाल राष्ट्र बैकले फागुुन ३० गते आज बुुधबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार दुुई हप्तामा परिपक्व हुुने गरी उक्त परिमाणमा रिपो जारी गर्न लागिएको हो । रिपो खरिदको लागि आज अपरान्ह तीन बजेसम्म आवेदन दिनुु पर्ने छ । परिपक्प हुने मिती १४ दिन अर्थात चैत १४ गते तोकिएको रिपोमा पाँच प्रतिसतको व्याजदर कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचनाको संवाहक बन्दै स्थानीय एफएम

स्थानीयस्तरमा सञ्चालित एफएम रेडियोले ग्रामीण भेगका जनतामाझ सूचना प्रवाह गर्दै आएका छन् । गाउँबस्तीका सूचना...

सामुदायिक वनमा नीलगाई

महोत्तरी जिल्लाको दक्षिण पश्चिमवर्ती क्षेत्रको आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई देखिएको छ ।...

अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक

गायक अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ डम्फू बोलको गीत आज सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै