logo

आफन्त खोज्न ४६ जना बंगलादेशी काठमाडौमा

काटमाडौ फागुन २९
सोमबार भएको विमान दुर्घटनामा मृत्यु तथा घाईते भएका आफ्ना आफन्त खोज्न ४६ जना बंगलादेशी नागरिक काठमाडौ आएका छन् । उनीहरु विमान बंगलाबाट मंगलबार विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको युस बंगला विमान सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फ पर्ने १० नम्बर गेटको पेप्सीकोला साइडतर्फको धावन मार्ग बाहिर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परि ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भैरहेकोछ । ४० जनाको दुर्घटनास्थल मै र नौं जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलमा ११ जना, नर्भिक अस्पतालमा चार जना, मेडिसिटी अस्पतालमा एकजना, ओम अस्पतालमा एकजना, ग्रान्डी अस्पतालमा चारजना र न्यूरो अस्पतालमा एक जनाको उपचार भैरहेको छ । घाइते मध्ये ११ जना नेपाली र ११ जना बंगलादेशका छन् । नियन्त्रण कक्षले भनेको भन्दा फरक ठाउँबाट अवतरण गर्ने प्रयास गरेको कारण विमान दुर्घटनामा परेको बताइएको छ । विमानमा ६७ जना यात्रु र चारजना चालक दलका सदस्य यात्रारहत थिए ।
दुर्घटनाको कारण विमान पूर्ण रुपमा जलेर नष्ट भएको छ । सुरक्षा स्रोतका अनुसार अवतरण गर्ने क्रममा विमानको पाङ्ग्रा बाहिर निस्केको थिएन भने डोमेस्टिक तर्फको पेरिमिटरको तलबाट विमान आए पनि अवतरण नगरी धावनमार्गको बायाँको पेरिमिटर तर्फ गएको थियो । दुर्घटना हुनुपूर्व विमानस्थल भित्रको काँडेतारलाई ठक्कर दिई चौरमा बजारिएको थियो । बीएस २११ कल साईन भएको सो एटीआर जहाज स्थानीय समय अनुसार बंगलादेशको ढाकाबाट १२ः३० बजेट नेपालका लागि उडेको थियो । उक्त विमानमा ३३ जना नेपाली, ३२ जना बंगालादेशका नागरिक, एक जना चिनियाँ नागरिक, एकजना माल्दिभ्सका नागरिक र चारजना चालक दलका सदस्य थिए ।
विमान दुर्घटना हुनासाथ उद्धार गर्न गएको टोलीलाई नेपाल प्रहरीले सुरक्षाको नाममा असहयोग गरेको कारण बढी क्षति भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विमान दुर्घटना हुनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उद्धारकर्ता र वारुणयन्त्रका कर्मचारीलाई प्रहरीले तत्काल जान दिएन । प्रहरीले सुरुमा दलकलका कर्मचारीलाई पनि सुरक्षा जाँच गराएर मात्र दुर्घटनास्थलमा जान दिएको थियो । प्रहरीले जाँच गर्न लाइन लगाएको कारण विमान दुर्घटनामा परेको १५ मिनेट पछि मात्र दकमलका कर्मचारी विमानको आगो निभाउन पुगेका थिए । दुर्घटना हुनासाथ यात्रुहरुले तत्काल उद्धारको लागि गुहार मागे पनि उद्धारकर्तालाई प्रहरीले चेकजाँच गर्न थालेको कारण कतिपय यात्रु विमानभित्र उद्दारको अभावमा मृत्युवरण गर्न बाध्य भएका हुन् । रनवे ज्याकेट लगाएपछि प्रहरीले उनीहरुलाई विमानस्थलको जुनसुकै ठाउँमा जान दिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । त्यसलाई नेपाल प्रहरीले पालना गर्न नै सकेन । ‘अरुबेलाकै जस्तो प्रहरीले चेकजाँचको नाममा उद्धारकर्तालाई अवरोध ग¥यो’, विमानस्थलका एक सुरक्षा अधिकारीले भने, ‘उद्धारको लागि गएकाहरुलाई समयमा दुर्घटनास्थलमा जान दिएको भए यति धेरै क्षति हुने थिएन । आगो लागिरहँदा उद्धारकर्ताहरु प्रहरीको चेकिङको लाइनमा थिए । यो भन्दा दुर्भाग्य अरु केही हुन सक्तैन ।’ विमान कोटेश्वरबाट अवतरण गर्नुपर्नेमा उत्तरतर्फ गएको थियो ।
विमानमा समस्या आएपछि पाइलटले पनि सबै तेल झार्नुपर्नेमा दुर्घटनाग्रस्त विमानबाट लगातार तेल चुहिरहेको थियो भने तीनवटा दमकलले पहिला आगो लागेको विमानमा पानी हाल्नुपर्नेमा आगलागी भएको घाँसम पानी हाल्ने काम गरेका थिए । विमान दुर्घटना भएपछि करिब दुई घन्टा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो । त्यसपछि सबै सेवा सञ्चालनमा रहेको छ । विमान दुर्घटनामा हुने समयमा विमानस्थलभित्रै चारजना अमेरिकी नागकिरले नेपाल वायुसेवा, नागरिक उड्डयन प्राधिकरण, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही कर्मचारीलाई तालिम दिँदै थिए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जुवा खेल्नेहरु प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको...

तेल बोक्ने ट्यांकर चालक र हेल्परले आजदेखि काम नगर्ने

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आज आइतबारदेखि आन्दोलनलाई...

दुई हजार तीन सय ४५ भूकम्पपीडित थपिए

भूकम्पपीडितको संख्या फेरि थप भएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मङ्सिर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै