logo

चौधरी ग्रुपले उत्पादन गरेको बियरसमेत गुणस्तरहीन

रोशन कार्की
काठमाडौं, फागुन २
विश्वको धनी सूचीमा परेका डलर अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले उत्पादन गरेका अधिकांश खाद्य पदार्थदेखि मदिरासमेत गुणस्तरहीन रहेको भेटिएको छ ।
चौधरी ग्रुपले उत्पादन गरेर बजार पठाएको ‘नेपाल आईस’ नामको बियर गुणस्तरहीन रहेको भेटिएको हो । सरकारी कर्मचारीलाई रकम दिएर नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको चिन्ह लिएको सीजी ब्रुअरीले उत्पादन गरेको सो बियरमा अखाद्य वस्तुका टुक्राहरु भेटिए पनि खरिदकर्तालेनै गुणस्तरहीन बियर चौधरी गु्रपले बिक्री गर्दै आएको बताएका हुन् ।
नेपाल गुणस्तर चिन्ह लिएको सो वियर तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले सो कम्पनीलाई गुणस्तर चिन्ह प्रदान गरेका थिए । सो समयमा एमालेको सदस्य रहेका चौधरीले शक्तिको दुरुपयोग गरी विना जाँच गुणस्तर चिन्न लिएको आरोप समेत उद्योग मन्त्रालयका एक अधिकारीले बताएका छन् । उच्च पदस्थ कर्मचारीकै संलग्नतामा उपभोग मिति सकिएपछि नक्कली मिति बढाएर छापिएको स्टीकर टाँसी रातारात बजार पठाएका गुणस्तहिन वियर अहिले बिक्री भई रहेको छ । कम्पनीहरुबीचको प्रतिस्पर्धामा वियर उत्पादन गर्दै आएको सो सिजी ब्रुअरीले नेपाल आईस, रियल गोल्ड, हेवार्ड ५०००, लियोपार्ड, रोयल च्यालेन्ज लगायत ब्राण्डका वियर उत्पादन गर्दै आएको छ ।
काठमाडौं जिल्लाको बालाजु हाईटका एक उपभोक्ताले खरिद गरेर लगेको नेपाल आईस वियरको २ कार्टुनभित्रका बोतलमा अखाद्या बस्तु भेटिएको हो । वियर उपभोक्ता बालाजु हाइट बोहोराटारका धनबहादुर पण्डितले सेवन गर्न खोज्दा अखाद्य बस्तुका टुक्राहरु देखेपछि उनले सो वियरमा अखाद्य पदार्थ रहेको भन्दै आर्थिक दैनिकलाई उपलव्ध गराएको विवरणमा उल्लेख छ । गुणस्तहिन रहेको प्रमाण दिदै पण्डितले भने,‘मल्टिनेशनल सवैको विश्वास प्राप्त कम्पनीले उत्पादन गरेको सामानहरु गुणस्तर हुन्छ भन्ने सुनेर यसपटक खरिद गरेर ल्याएको थिए, तर सो नेपाल आईस वियर त अझ अखाद्य र गुणस्तहिन पो रहेछ, चौधरीले त विष बेचेर धनी हुने पो गरेका रैछछ, यस्तो गुणस्तहिन सामान बिक्री गर्नेको बारे सवैलाई जानकारी गराउनु पर्छ भनेर हामीले यहाँहरुलाई यो प्रमाण यहाँहरुलाई दिएको हो ।’
सो कम्पनीले प्रत्यक्ष स्वस्थ्यमा खेलवाड गरेको उपभोक्ता पण्डितले बताएका छन । उनले सो वियर खरिद गर्दा समेत विल नदिएको बताए । सो कम्पनीबाट उत्पादन गरेको वियरको बोतलमा ४ एसई एस टि १५ः००ः३४ लेखिएको छ भने उत्पादन मिति सेप्टेम्बर २०१७ उल्लेख गरिएको पाईएको छ । सो वियरमा टाँसिएको स्टीकर प्रायः मेटिएको अबस्थामा छ । प्रति बोटल २ सय ५० रुपैयाँमा बिक्री गरिएको सवै वियरमा विभिन्न बस्तुको टुक्राहरु भेटिएको छ । यससम्बन्धमा पटकपटक सो कम्पनीमा सम्र्पक गर्दा कसैले पनि फोन उठाएनन् । भने, उता नेपाल गुणस्तर तथा नापतौल विभागका एक कर्मचारीसंग सम्र्पकगर्दा सो कम्पनीको वियर लगायत अन्य उत्पादनमा समेत गुनासाहरु आएका छन तर माथिल्लो निकायसंग चौधरी समुहको उठबस भएका कारण अहिलेसम्म सो गुनासामाथी कुनै अनुगमन र अनुसन्धान गर्न नपाएको उल्टो गुनासो गरेका छन ।
ती कर्मचारीले नाम नलेख्ने सर्तमा भने,‘हाम्रा हाकिमलाई नै सोधेर यर्थात के हो बुझ्नु होला ? चौधरीको बदमासीले सिमा काटेको छ ।’
चौधरी समुहले यसरी गुणस्तहिन वियरमात्र हैन अधिकाशंले रुचाएको वाइवाइ चाउचाउमा समेत मन्द विषको रुपमा प्रयोग हुने रसाइन प्रयोग गरेर बिक्री गर्दै आएको भएपनि सरकारी नियकाबाट कुनै कारबाही गर्ने आँट देखाउन सकेको छैन । एकातर्फ राज्यलाई बुझाउनु पर्ने कर छली गर्दै अर्वौको व्यापार गर्दै आएका चौधरीले भने नगन्यमात्रामा कर बुझाएको विवरण आन्तरिक राजस्व विभागको रेकर्डमा उल्लेख छ । सो ग्रुपले खुलारुपमा आम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा खेलवाड गर्दा समेत सरकारी नियकाबाट कारबाही हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल

नेपाल ल्युब आयल लिमिटेडले एभ ट्रेडिङ प्रालिअन्तर्गतका डिलरहरुमध्ये आर्थिक वर्ष २०७४/०७५ मा धेरै लुब्रिकेन्ट्स...

निसान गाडीहरूको एक्सचेन्ज क्याम्प आयोजना

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसान गाडीका लागि...

सर्वसाधारणलाई ठगेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध अख्तियारमा उजुरी

सर्वसाधारणलाई ठगी गरेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै