logo

व्यापार घाटा उच्च रुपमा बढ्यो , छ महिनामै चार खर्ब ९३ अर्ब रुपैयाँको घाटा

काठमाडौं, फागुुन २
व्यापारघाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको आर्थिक अवस्थासम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्म कुल वस्तु व्यापारघाटा १५ दशमलव एक प्रतिशतले बढेर चार खर्ब ९३ अर्ब दुुई करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापारघाटा ७४ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात सात दशमलव सात प्रतिशत रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात सात दशमलव आठ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्ष २०७४—०७५को छ महिनासम्ममा कुल वस्तु निर्यात १३ दशमलव चार प्रतिशतले वृद्धि भई ४१अर्ब १४करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निर्यात १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १३ दशमलव एक प्रतिशत, चीनतर्फ ७० दशमलव दुुई प्रतिशत र अन्य मुलुकतर्फ १० दशमलव तीन प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, जिङ्क सिट, धागो लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जिआईपाईप, उनी गलैँचा, तामाका तारलगायतका वस्तुहरुको निर्यात घटेको छ ।
राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा कुल वस्तु आयात १५ प्रतिशतले बढेर पाँच खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५ दशमलव तीन प्रतिशत, चीनबाट भएको आयात नौ दशमलव दुुई प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दशमल छ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरी वेयर्स, खाने तेल, ड्राईसेल ब्याट्री र तयारी पोसाक लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगञ्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रेनो क्विड १.० ‘लिइभ फर मोर’

रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोबाइल प्रालिले रेनो क्विड टेस्ट ड्राइभ र कार डिस्प्ले इभेन्ट...

इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्न पूर्वसभामुख घर्तीको आग्रह

पूर्वसभामुख ओनसारी घर्तीमगरले ऐन कानुन बनाउने र सहजीकरण गर्ने काम राज्य भएको बताइन् । उनले व्यवसायीलाई...

पोखरामा क्यान इन्फोटेक मेला अफर नै अफरको बहार

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ, कास्कीको आयोजनामा पोखराको नया“ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै