logo

ठूला बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव , ‘मेगाले मंसिरमा स्वीकृत गरेको कर्जा अहिलेसम्म दिएन’

काठमाडौं, फागुन १
वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव देखिएको छ । रकम अभावकै कारण पछिल्ला दिनहरुमा वाणिज्य बैंकहरुले कर्जा दिन बन्द गरेका छन् भने महिना दिनअघि स्वीकृत गरेको कर्जा रकम पनि अहिलेसम्म दिएका छैनन् ।
मेगा बैंकका एक कर्जावाला ग्राहक भन्छन्, ‘मैले सबै प्रक्रिया पूरा गरेर मंसिरमा कर्जाको माग गर्दै मेगा बैंकमा आवेदन दिएँ । मेरो कर्जा पनि सोही महिनामा स्वीकृत भयो । तर अहिले माघ पनि सकिसक्यो, मैले अहिलेसम्म स्वीकृत कर्जा रकम पाएको छैन ।’ मेगा बैंकमा जस्तै जनता बैंकप्रति पनि ग्राहकको यस्तै गुनासो रहेको छ । सिद्धार्थ बैंकको झापा, बिर्तामोडलगायतका शाखाहरुमा पनि कर्जा दिनको लागि लगानीयोग्य रकम छैन । यस्तै अवस्था सेञ्चुरी कमर्सियल बैंकको पनि रहेको छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये एकाधबाहेक धेरै बैंकहरुमा अहिले लगानीयोग्य रकमको अभाव देखिएको छ । यो अवस्थामा बैंकहरुले कर्जाको माग गर्ने ग्राहकहरुलाई फाइनान्स र सहकारीमा पठाउने गरेका छन् भने निक्षेप तान्नको लागि ब्याज समेत बढाएका छन् । तर पनि बैंकिङ च्यानलमा लगानीयोग्य रकम अभावको समस्या यथावत् रहेको छ । निक्षेपको ब्याज बढ्दा स्वतः कर्जाको ब्याज बढ्छ । त्यसकारण पछिल्लो समय कर्जावाला ग्राहक समेत निकै मारमा पर्नथालेका छन् ।
यता बैंकहरु भने सरकारले आफ्नो ढुुकुुटीमा रकम थन्क्याएका कारण बैंकिङ च्यानलमा रकम नआएको बताउँदै आएका छन् । अर्थ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा जम्मा नौ दशमलव २६ प्रतिशत अर्थात् ३१ अर्ब तीन करोड रुपैयाँ मात्र पुुँजीगत खर्च भएको छ । राष्ट्र बैंक स्वयंको तथ्यांकअनुसार पनि चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म सरकारी खातामा तीन खर्ब तीन अर्ब रुपैयाँ रकम थन्किएको छ । यसरी ठूलो परिमाणमा सरकारी खातामा रकम जम्मा भए पनि त्यो रकम बजारमा आउन नसक्दा लगानीयोग्य रकमको अभाव भएको देखिएको छ । अर्कोतर्फ चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र एक खर्ब ४५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुुरुप चालू आवको पहिलो त्रैमासिकमा ५७ अर्ब ५४ करोड र दोस्रो त्रैमासिकमा ६१ अर्ब ६१ करोड रुपैयाँ समेत गरी राष्ट्र बैैंकले एक खर्ब ११ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण बजारबाट उठाइसकेको छ । यसैगरी तेस्रो र चौँथो त्रैमासिकमा पनि राष्ट्र बैंकले झण्डै २० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।
तर पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभाव देखिएपछि राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनको लागि विगतमा आफूले बिक्री गरेको तिनै विकास ऋणपत्र बोलकबोलमार्फत सोझै खरिद गरी बैंकिङ च्यानलमा लगानीयोग्य रकम पठाउनथालेको छ । हालसम्म राष्ट्र बैंकले पटक–पटक गरी २० अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बजारमा पठाइसकेको छ । तर यसको बाबजुद पनि लगानीयोग्य रकम अभावको समस्या समाधान भएको छैन । लगानीयोग्य रकमको अभावको विषयमा प्रवक्ता नारायण पौडेल समस्या समाधान गर्न बैंकहरुले निक्षेप बढाउन आवश्यक रहेको बताउँछन् । पौडेलका अनुसार बैंकहरुले सीसीडी रेसियो अहिले ८० प्रतिशत पु¥याएका कारण समस्या आएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै