logo

भारतको जेपी कम्पनीको माग उच्च अदालत पाटनद्वारा अस्वीकृत, जेपी इन्डियाका पक्षधर प्राधिकरणका एमडी कुलमान संकटमा

काठमाडौं, माघ २९
९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको पहिलो टेन्डरको काम अगाडि नबढाउन माग गर्दैै परेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको आइतबार बसेको संयुक्त इजलासले जयप्रकाश एसोसियट्स लिमिटेडको तर्फबाट परेको उक्त मुद्दामा अन्तरिम आदेश जारी नहुने आदेश भएसँगै २३ गतेदेखि रोकिएको काम अगाडि बढ्ने भएको छ । उच्च अदालतका न्यायाधीश किशोर सिलवालको गत मंगलबारको इजलासले हालसम्म भए गरेका काम कारबाहीलाई यथास्थितिमा राखी अन्तरिम आदेशको छलफलका लागि आइतबार विपक्षीहरुलाई समेत बोलाइएको थियो । सो आदेशका कारण आइतबारसम्म उक्त आयोजनाको काम रोकिएको थियो । टेण्डर नम्बर डीसीबी–सीसीडी–एएचइपी–४२१–०१ को बोलपत्रको काममा आफूलाई बिना कारण प्रतिस्पर्धाबाट हटाइएको जिकिर जेपी कम्पनीको थियो । जयप्रकाश कम्पनीको तर्फबाट नरेन्द्र दाहालले रिटमा अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । उक्त आयोजना भारत सरकारको शतप्रतिशत लगानी भएको भारतीय कम्पनी सतलज जलविद्युत् विकास निगम लिमिटेड (एसजेभिएनएल)ले निर्माण गर्न लागेको हो । अरण तेस्रो बनाउन नेपाल सरकार र एसजेभिएनएलबीच समझदारी भएपछि नेपालमा ‘एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी प्रालि’ नामक कम्पनी गठन गरिएको छ । नेपालमा गठन भएको सोही कम्पनी मार्फत यसको काम अगाडि बढेको छ । उक्त कम्पनीमा सतलजको शतप्रतिशत सेयर छ । उक्त आयोजनाको सबै ठेक्का अगाडि बढाउने काम नेपालमा रहेको एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपीडीसी) गर्नेछ ।
आयोजनाको बाँध, मुहान, सुरुङ र डाइभर्सन सुरुङ निर्माणलगायतका संरचना बनाउन भारतीय एकल वा नेपाली र भारतीय संयुक्त लगानीको कम्पनीले भाग लिन पाउने गरी सन् २०१७ को फेब्रुवरी १ तारिकमा बोलपत्र आव्हान गरिएको थियो । उक्त बोलपत्र आव्हान भएपछि जयप्रकाश एसोसिएट्स लिमिटेड, हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी लिमिटेड, गम्मोन इन्जिनियर्स एण्ड कन्ट्रक्टर्स प्रालि र पटेल इन्जिनियरिंग लिमिटेडले बेलपत्र पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्यांकन गरेपछि चारवटै कम्पनीको आर्थिक प्रस्ताव सन् २०१७ को सेप्टेम्बर २८ मा खोलिएको थियो । त्यसपछि उक्त बोलपत्र नोभेम्बर १०, २०१७ मा खारेज ग¥यो । त्यसपछि पुनः बोलपत्र भयो । उक्त बोलपत्रमा पहिलाका चारसहित टाटा प्रोजेक्ट्स लिमिटेडसमेत पाँच कम्पनीले भाग लिएका थिए ।
एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपीडीसी) ले सन् २०१८ जनवरी २९ मा आर्थिक प्रस्ताव खोल्ने जानकारी आफ्नो वेभसाईट मार्फत सम्बन्धित कम्पनीहरुलाई जानकारी गराएका थियो । त्यसको जानकारी जयप्रकाश एसोसिएट्सलाई दिइएको थिएन । यही बीचमा भारतको सर्वोच्च अदालतले गत सेप्टेम्बरमा जयप्रकाश एसोसिएट्स प्रालिको आर्थिक अवस्थाको बारेमा प्रश्न उठाई भारतको हाउजिङ्ग कारोबारमा २० अर्ब भारतीय रुपैयाँ लगानी सुरक्षाको लागि जम्मा गर्न निर्देशन दियो । उक्त आदेशले जयप्रकाश एसोसियट्स आर्थिक रुपमा टाट पल्टिन पुगेको प्रष्ट भएको थियो । टाट पल्टिएको कम्पनीलाई ठेक्का दिन नहुने भएपछि उक्त कम्पनीलाई प्रतिस्पर्धाबाट हटाएको थियो । प्रतिस्पर्धाबाट हटेपछि जेपीले पाटन उच्च अदालतमा रिट दायर गरेको हो । भारतमा टाट पल्टिएको उक्त कम्पनीलाई राहुघाट जलविद्युत् आयोजनाको काम दिनुपर्ने जिकिर गर्दै नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले भारतको एक्जिम बैंकलाई पत्र पठाएका छन् । उक्त आयोजनाको अध्यक्षको हैसियतले घिसिङले निर्णय गरेर पत्र पठाएका हुन् । घिसिङले तनहुँ हाइड्रोको काम पनि उक्त टाट पल्टिएको कम्पनीलाई दिन लबिङ्ग गरिरहेका छन् । घिसिङले आर्थिक प्रलोभनमा परेर उक्त सिफारिस गरेका हुन् । पाटन उच्च अदालतले जेपीको मागको बारेमा अन्तरिम आदेश दिन नमानेपछि घिसिङ नैतिक संकटमा परेका छन् । घिसिङ पैसाको प्रलोभनमा परेर गलत कम्पनीको पक्षमा लागेको प्रष्ट भएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्गेली : माग बढी, निर्यात कम

जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट...

धान खरिदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

नेपाल खाद्य संस्थानले किसानको धान खरिद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य...

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै