logo

यातायातले पास गरेका ४७ प्रतिशत गाडीहरु प्रदूषित

काठमाडौ पुस २७

यातायात व्यवस्था विभागले प्रदूषण जाँच गरेर हरियो ‘स्टिकर’ दिएका सवारी नै छड्के जाँचको क्रममा प्रदूषण जाँचमा ‘फेल’ भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मंसिर १३ गतेदेखि पुस २५ गतेसम्म अनुगमनको क्रममा जाँच गरिएका सवारीमध्ये ४७ प्रतिशत बढी मापदण्डविपरीत रहेको पाइएको छ । त्यो बीचमा चार सय ११ वटा सवारीसाधनको प्रदूषण जाँच गरिएकामा एक सय ९४ अर्थात् ४७ दशमलव २ प्रतिशत गाडी प्रदूषित पाइएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत भएपछि हाल दैनिक रुपमा भइरहेको सवारीसाधन प्रदूषण जाँचको कार्य नियमित रुपमा आगामी दिनमा पनि जारी राख्ने निर्णय भएको
प्रधानमन्त्री कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले यातायात व्यवस्था विभागले खरिद गर्नलागेको ४० वटा प्रदूषण जाँच्ने मेसिन छिटो खरिद गर्ने र खरिद गरेर आएपछि त्यसको प्रभावकारी प्रयोगका लागि आवश्यक जनशक्ति, प्रयोग हुने स्थान र प्रयोग गर्न आवश्यक पर्ने तालिम, बजेटलगायतको उचित व्यवस्थापनको कार्ययोजना बनाउने निर्णय गरेको छ ।
बैठकले सवारीसाधन प्रदूषण जाँचमा असफल हुने सवारीका धनीलाई के कस्तो कारबाही गर्न सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुको बैठक आउँदो शुक्रबार गर्ने निर्णय पनि भएको छ । यस्तै, हाल कायम ‘ग्रिन स्टिकर’ अनिवार्य गरिएका क्षेत्र पुनरवलोकन र सम्पूर्ण उपत्यकामा लागू गर्ने विषयामा वातावरण विभागले तयार गरेको मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शीघ्र स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि बैठकले गरेको छ । यसले वातावरण सुधार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
बैठकले विद्युतीय सवारीसाधन, स्कुटरलगायतको प्रयोगलाई प्रोत्साहित गर्ने नीति बनाउन भौतिक मन्त्रालयलाई निर्देशन दिएको छ । अहिलेसम्म विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित बनाउने नीति आउनसकेको छैन । वातावरणविद्हरुले यस्तो माग गरिहरेका छन् । साथै सवारीसाधन प्रदूषण नियन्त्रण मापदण्ड १५ दिनभित्रमा परिमार्जन गर्न पनि भौतिक मन्त्रालयलाई प्रधामन्त्री कार्यालयले निर्देशन दिएको छ ।
बैठकले उपत्यका र बाहिर सञ्चालनमा रहेका इँट्टाभट्टाहरुको नयाँ मापदण्ड चाँडो राजपत्रमा प्रकाशन गरेर कार्यान्वयन गर्ने निर्णय गरेको छ । राजपत्रमा प्रकाशित गरेपछि मात्र त्यो कार्यान्वयनमा जानेछ । नयाँ मापदण्डमा इँट्टाभट्टाहरुलाई प्रदूषण नियन्त्रण गर्न केही कडाइ गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि त्यसको जनसंख्या तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयले अनुगमन गर्नुपर्नेछ । यी दुई मन्त्रालयले प्रभावकारी रुपमा अनुगमन गरेमा प्रदूषण नियन्त्रणमा सहयोग पुग्नेछ । बैठकले निर्माणकार्यमा ठोस इँट्टाको सट्टा खोक्रो इँट्टाको प्रयोग गर्न उपयुक्त हुने वा नहुनेबारे अध्ययन गर्न र उपयुक्त भएमा त्यससम्बन्धी मापदण्ड बनाएर प्रयोग गर्न प्रोत्साहनको कार्यक्रम ल्याउन सहरी विकास मन्त्रालयलाई निर्देश गरेको छ ।
महानगरपालिकाहरु तथा उपमहानगरपालिकाहरुले खुला रुपमा आगो बाल्ने कार्यलाई कडा प्रतिबन्ध लगाउनका लागि फोहोरमैला व्यवस्थापन ऐनले दिएको अधिकार प्रयोग गर्दै सबैतिर आवश्यक सूचना तत्काल परिपत्र गर्न बैठकले निर्देश गरेको छ । बैठकले वातावरण विभागलाई वातावरण प्रदूषण रोक्न शीघ्र आपत्कालीन कार्ययोजना तयार पार्न
भनेको छ ।

आर्थिक दैनिक वाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सन नेपालको बीमा जागरण अभियान

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते लम्की, टीकापुर, भूरीगाउँ र कोहलपुरमा बीमा जागरण अभियान तथा...

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा

माछापुच्छ्रे बैंक लिमिटेडले तीनवटा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले यही मंसिर २१ गते...

राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयका स्वयंसेवक शिक्षकहरुको व्यवस्थापनको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै