logo

पोखरा महानगरसँगको सम्झौता विपरीत सेतीको दोहन

पोखरा पुस २८

निजी जग्गामा ढुंगा–बालुवाको खानी सञ्चालन गर्ने सम्झौता गरेका हेम्जास्थित सेती नदीको सहस्रधारा घाटका ठेकेदारले सार्वजनिक सम्पत्तिको दोहनलाई तीव्र बनाएका छन् । स्थानीय ठेकेदार रामचन्द्र थापाले पोखरा लेखनाथ महानगरपालिका कार्यालयसँग आफ्नो निजी जग्गामा खानी सञ्चालनको अनुमति लिएका थिए । तर महानगरसँगको सम्झौताविपरीत उनले सार्वजनिक स्थलबाट दिनहुँ ठूलो परिणाममा ढुंगा–बालुवा संकलन र ओसारपसार गरेका छन् ।
हेम्जा र लामाचौरको बीचमा पर्ने सोे घाटनजिकै उनको निजी खेत छ । सोही खेतमा सेती नदीले बनाएको बगरमा खानी सञ्चालन गर्ने अनुमति उनले पाएका हुन् । यसअघि पनि उनले तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) कास्कीसँग सम्झौता गरी खानी सञ्चालन गरेका थिए ।
स्थानीय तहको निर्वाचनपछि खानी तथा घाट सञ्चालनको अनुमति महानगरले दिन थालेको हो । महानगर कार्यालय र ठेकेदार थापाका बीच गत कात्तिक १६ गते खानी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौतामा महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र थापाले हस्ताक्षर छ । सम्झौतामा व्यक्तिगत जग्गा, सार्वजनिक संरचना, स्थानीय वातावरणलगायतमा प्रतिकूल असर नपार्ने उल्लेख छ । ठेक्का अवधि सम्झौता मितिले एक वर्ष रहने भनिएको उक्त सम्झौताअनुसार ठेकेदारले महानगरलाई पाँच लाख दुई हजार नौ सय १९ राजस्व दाखिला गरेका छन् । ठूलो परिणाममा ढुंगा–बालुवा निकाल्दा त्यहाँका निजी तथा सार्वजनिक जग्गा जोखिममा परेका छन् । नदीको धार परिवर्तन भएको छ । स्थानीय बासिन्दाका अनुसार यसले गर्दा त्यहाँ ठूलो वातावरणीय जोखिम पनि बढ्दै गएको छ । खानी सञ्चालनबाट घर जोखिममा परेका स्थानीय दिलबहादुर तामाङ भन्छन्, ‘नदीवरपरबाट दिनदिनै ट्रक र ट्र्याक्टरबाट ढुंगा–बालुवा ओसारिन्छ । हाम्रा घरघडेरी नजिकै बालुवा झिकेर नदी पस्ने डर बढेको छ ।’ ठेकेदार थापा भने आफ्नो निजी जग्गा वरपरबाट ढुंगा–बालुवा निकाल्न पाउने तर्क गर्दै आएका छन् । नदीको बीच भागसम्म आफ्नो जग्गाको साँध रहेको भन्दै उनले बगरमा डोजर र स्काभेटरसमेत प्रयोग गर्ने गरेका छन् ।
नदी क्षेत्रबाट ठूलो परिणाममा ढुंगा–बालुवा निकाल्दा हेम्जा र लामाचौरतर्फका बस्ती जोखिममा परेका छन् । यसरी बस्तीसहितका अन्य सम्पदा जोखिममा परेपछि महानगरको १९ नं वडा कार्यालयले खानी सञ्चालन रोक्न नगर कार्यपालिका कार्यालयलाई पत्राचार गरेको थियो । वडा कार्यालय १९ ले महानगरलाई लेखेको पत्रमा (हेर्नुस् तस्बिर) ‘सहस्रधारा खानीका ठेकेदार रामचन्द्र थापाले खानी सञ्चालनको क्रममा सेती नदीमा करिब ४० देखि ५० मिटर लामा र २ मिटर चक्ला, २ मिटर अग्ला बाँध लगार्ई सेती नदीको बहाव लामाचौरतर्फ बढेको’ उल्लेख छ । ‘लामाचौरतर्फ रहेका करिब ५० घरपरिवारको जमिन, शवदहन, अकला मन्दिर, गोस्तेघाट पुल, लामाचौर खेल मैदान र सुकुम्बासी बस्तीलगायत अन्य भौतिक संरचनालाई क्षति पु¥याएको हुँदा सो कार्यलाई रोकथाम तथा न्यूनीकरण गर्न अति आवश्यक रहेकाले उक्त कार्य रोकथाम गर्न लगाई हाललाई खानी सञ्चालन कार्य रोकी आवश्यक प्राविधिक प्रक्रियाका लागि अनुरोध गरिन्छ‘ पत्रमा छ । वडाले खानी सञ्चालन रोक्न माग गरे पनि त्यसको सुनुवाइ भएको छैन । यस कारण पनि ठेकेदार नदी दोहन गर्न हौसिएको स्थानीय बताउँछन् ।
नदी दोहनबाट प्रभावित क्षेत्रका बासिन्दाले पनि पटक–पटक महानगरको ध्यानाकर्षण गराएका छन् । महानगरका प्राविधिकले शुक्रबार सो खानीको निरीक्षण गरेको कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए । पौडेलका अनुसार निरीक्षणका क्रममा ठेकेदारले ‘केही’ सार्वजनिक जग्गा प्रयोग गरेको पाइएको छ । सम्झौताविपरीत नदी दोहन गरेर सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा जोखिम बढाएकाले सम्झौताअनुसार ठेकेदारलाई कारबाही हुनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।

आजको आर्थिक दैनिकबाट

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सन नेपालको बीमा जागरण अभियान

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते लम्की, टीकापुर, भूरीगाउँ र कोहलपुरमा बीमा जागरण अभियान तथा...

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा

माछापुच्छ्रे बैंक लिमिटेडले तीनवटा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले यही मंसिर २१ गते...

राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयका स्वयंसेवक शिक्षकहरुको व्यवस्थापनको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै