logo

आगलागी र बाढीपीडितलाई सहुुलियत दरमा कर्जा दिन निर्देशन

 

 


नेपाल राष्ट्र बैंकले आगलागी तथा बाढीपीडितहरुको पुुनर्वासको लागि सहुलियत दरमा कर्जा दिन बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गरी मन्त्रिपरिषद्को वि.सं. २०७३ चैत २९ गतेको निर्णयअनुसार भोजपुर बजार तथा तेह्रथुुम जिल्लाको संक्रान्ति बजारका आगलागीपीडित तथा सप्तरी जिल्लाका बाढीपीडितहरुलाई आवास निर्माण तथा व्यवसाय सञ्चालनको लागि सहुलियत दरमा कर्जा दिन निर्देशन दिएको हो ।


राष्ट्र बैंकका अनुसार उक्त निर्णय अर्र्थ मन्त्रालयको वि.सं. २०७४ असार २७ गतेको पत्र कार्यान्वयनको लागि निर्देशन आइसकेकोले सोहीअनुुरुप गर्न गराउन निर्देशन दिइएको हो । आगलागी एवं बाढी तथा डुुबानबाट पीडित घरपरिवारलाई आवासीय घर पुुनर्निर्माण र व्यवसाय पुनर्सञ्चालनको लागि प्रदान गरिने पुुनर्कर्जा कार्यविधि २०७४ अनुुसार नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुुसार पुनर्कर्जा सुविधाअन्तर्गत भोजपुर जिल्लाको भोजपुर बजार र तेह्रथुुम जिल्लाको संक्रान्ति बजारका आगलागीबाट पूर्णरुपमा क्षति भएका ३४ घरधनीहरुलाई आवास निर्माणको जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा सहरी क्षेत्रमा अधिकतम २५ लाख र ग्रामीण क्षेत्रमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुुलियन कर्जा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसैगरी सप्तरी जिल्लामा भएको बाढी तथा डुुबानबाट घर तथा व्यवसायमा क्षति पुुगेका परिवारलाई घर निर्माण गर्न र व्यवसाय पुुनः सञ्चालन गर्न १५ लाख रुपैयाँसम्मका सहुलियत कर्जा सुविधा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो कर्जाको लागि राष्ट्र बैंकले पीडितका तर्फबाट कर्जा माग गर्ने बैंक तथा फाइनान्स कम्पनीहरुलाई शून्य ब्याजदरमा पुुनर्कर्जा दिने र उक्त कर्जालाई सम्बन्धित बैंक तथा फाइनान्सले अधिकतम दुुई प्रतिशतसम्म मात्र ब्याज लिन पाउनेछन् । कर्जा चुक्ता गर्ने अवधि न्यूनतम पाँच देखि १० वर्ष तोकिएको यो कर्जामा बीचमा ब्याजदर परिवर्तन गर्न नपाइने परिपत्रमा उल्लेख छ । यस्तो पुनर्कर्जा सुविधा एक पटकको लागि बढीमा एक वर्षको लागि मात्र प्रदान गरिने र विद्यमान कानुुनी व्यवस्थाअनुसार थप एक वर्षको लागि नवीकरण गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार यसरी निर्माण गरिने घरहरु भूकम्पप्रतिरोधी हुुनुुपर्नेछ ।

 

आजको आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

खाद्य तथा पेय पदार्थ समुहको मुल्य बढ्दा मुद्रा मुद्रास्फीति बढ्यो

खाद्य तथा पेय पदार्थ समुहको मुल्य बढ्दा त्यसको दवाव समग्र मुद्रा मुद्रास्फीति (बस्तु तथा सेवाको मुल्य वढ्नु...

स्वावलम्बन लघुवित्त विकास बैंक १७ औं वर्ष प्रवेश

स्वावलम्बन लघुवित्त विकास बैंक लि. १७ औं बर्षमा प्रवेश गरेको छ । वैकको वार्षिकोत्सव लाई सम्बोधन गर्दै नेपाल...

देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । मिडिया इन्टर्नलद्वारा आज यहाँ आयोजित ‘मुलुकमा...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै