logo

भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम लिने म्याद तीन महिना थप्ने तयारी


 रामप्रसाद पुडासैनी  ,
काठमाडौँ , पुष २४ 


सरकारले भूकम्पपीडितहरुलाई दोस्रो किस्ताबापतको रकम लिने म्याद बढीमा तीन महिना थप्ने तयारी गरेको छ । गत असार २८ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले कात्तिक मसान्तसम्म पहिलो, पुस मसान्तसम्म दोस्रो र असार मसान्तसम्म तेस्रो किस्ताबापतको रकम लिइसक्नुपर्ने निर्णय गरेको थियो । पुस मसान्तसम्म आधा पीडितले पनि घरको जग हाल्ने अवस्था नदेखिएपछि प्राधिकरण पूर्वनिर्णय पुनर्विचारको अवस्थामा पुगेको हो । ‘दोस्रो किस्ताबापतको रकम लिन भूकम्पपीडितलाई हामीले दिएको पुस मसान्तसम्मको म्यादभित्र काम सम्पन्न हुने देखिएन । कति काम हुन्छ त्यसको माघ २ गते प्रगति विवरण हेर्छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले आर्थिक दैनिकसँग भने, ‘दोस्रो किस्ता लिने भनेर पहिला तोकेको म्याद सकियो भनेर भूकम्पपीडितलाई थप पीडा दिने पक्षमा हामी छैनौं । प्रगति विवरण हेरेर निर्देशक समितिको बैठकमा वास्तविकता राख्छौं । कति समय थप गर्नुपर्छ त्यही समितिले गर्छ ।’


सीईओ भुसालले दोस्रो किस्ताको रकम लिने म्याद दुई वा तीन महिना कति थप गर्ने भन्नेबारेमा ठोस नबताए पनि प्राधिकरणका एक अधिकारीका अनुसार दोस्रो किस्ताको रकम लिने म्याद बढीमा तीन महिना थप हुनेछ । ती अधिकारीका अनुसार चैत मसान्तसम्म जग हालिसक्दा वैशाख र जेठभित्रमा घरको छानो छाउन सकिने भएकाले तीन महिनाको म्याद नै उचित हुनेछ । ‘एक वा दुई महिनामात्र म्याद थपेर फेरि म्याद थप्नुभन्दा एकैपटक तीन महिनाको म्याद दिएर काम गर्दा उचित हुने देखिएको छ । त्यहीअनुसार अनौपचारिक छलफल अगाडि बढेको छ । निर्देशक समिति बैठकले नै निर्णय गर्नेछ,’ ती अधिकारीले भने । निर्देशक समितिको बैठक कहिले बस्ने भन्नेबारेमा माघ लागेपछि मात्र तय हुनेछ । प्राधिकरणका केही कर्मचारीहरु भने दोस्रो किस्ताको रकम लिने म्याद दुई महिनामात्र थप्दा कामले तीव्रता पाउने पक्षमा छन् ।

कुनै पनि मुद्दाको झगडिया अदालतले दिएको म्यादमा नगएपछि तिम्रो म्याद गुज्रियो भनेर फैसला गरेको जसरी प्राधिकरणले पनि पुस मसान्तसम्म दिएको म्यादमा किन जग नहालेको भनेर निर्णय गर्दा पीडितहरु थप पीडित हुने भएकाले म्याद थपेर सहजता दिने पक्षमा पुगेको हो । दोस्रो किस्ताबापतको रकम लिने म्याद थप गर्ने बारेमा सरकारमात्र नभई सबै राजनीतिक दलहरु पनि सहमत छन् । सरकारले रकम लिने म्याद तोकेपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएको थियो । निर्वाचनमा कामदारमात्र होइन पीडितहरु पनि कतै उम्मेदवार त कतै प्रचारमा हिँड्दा झण्डै दुई महिना पुनर्निर्माणको काम नै रोकिएको थियो । सोही कारण म्याद थप गर्ने बारेमा सबै पक्ष सहमत हुन पुगेका हुन् । दोस्रो किस्ताबापतको रकम लिने म्याद थप गर्दै जाने तर पीडितहरु चुप लागेर बस्ने प्रवृत्तिले समस्या ल्याउने देखिएपछि प्राधिकरण म्याद थप गर्दा केही सर्त राख्ने पक्षमा भने छ । पुस मसान्त लाग्दै गर्दा गाउँमा बसिरहेकाहरुलाई घरको जग हाल्न छट्पटाहट भए पनि काठमाडौंमा बसेर गाउँमा घर बनाउने सोच लिएकाहरुले गर्दा प्रगति सन्तोषजनक नभएको सीईओ भुसालकै दाबी छ । ‘गाउँमा भएकाहरु घर बनाउन तातेका छन् तर सहरमा बसेर समय मिलाएर गाउँमा गएर घर बनाउन पर्ला भन्नेहरुको कारण केही समस्या आएको छ,’ सीईओ भुसालले भने ।

पछिल्लो समयमा दोलखा र रामेछापका पीडितहरुको कामप्रति भने प्राधिकरण केही सन्तुष्ट देखिएको छ । सीईओ भुसालका अनुसार ती दुई जिल्लामा करिब ६० प्रतिशत काम सकिएको छ । यसैगरी अन्य जिल्लामा पनि काम हुने हो भने बर्खाअघि ६० प्रतिशतभन्दा बढी पीडितहरु घरभित्र पसिसक्नेछन् । सीईओ भुसालले बर्खाअघि कम्तीमा ६० प्रतिशत पीडितलाई आफ्नै घरभित्र पु¥याउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन् । दोस्रो किस्ताबापतको रकम लिन पीडितले भूकम्पप्रतिरोधी घरको जग हालेको हुनैपर्ने व्यवस्था छ । कतिपय गाउँमा इन्जिनियर नै नपुगेको, केही गाउँमा दक्ष कामदारको अभाव, केही गाउँमा धेरैले एकैपटक घर बनाउने तयारी गर्दा सबै किसिमका कामदारको अभाव तथा कच्चा पदार्थको समेत अभावका कारण धेरैले चाहेर पनि घरको जग हाल्न पाएका छैनन् । पहिलो किस्ता रकम लाभग्राहीको सूचीमा नाम पर्ने सबैले लिन पाए पनि दोस्रो र तेस्रो किस्ताका लागि भने भौतिक प्रगति अनिवार्य छ ।


दोस्रो किस्ता लिन प्राधिकरणले खटाएका इन्जिनियरहरुले भूकम्पप्रतिरोधी घरको जग हालेको छ भनेर सिफारिस गर्नुपर्ने हुन्छ भने तेस्रो किस्ताबापतको रकम लिन घर निर्माण सम्पन्न भएको प्रमाण लिनुपर्ने हुन्छ । दोस्रो किस्ता लिइसकेपछि तेस्रो किस्ताका लागि धेरै ताकेता गर्नुपर्ने देखिँदैन । किनकि जग हालेपछि बीचमै घर छाडेर बस्नेहरुको संख्या अत्यन्त न्यून हुन्छ । निर्देशक समितिले पुस मसान्तभित्र दोस्रो किस्ताको रकम लिने अन्तिम म्याद तोक्दै गर्दा डकर्मी तालिमको म्याद पनि सोही समयसम्म तोक्दा व्यावहारिक देखिएको थिएन । अब पुस समान्तसम्म तालिम लिएकाहरुले माघ लागेपछि धमाधम घर बनाउन थाल्दा जनशक्ति पनि बढ्नेछ । यसले घर छिटो बनाउन सहयोग पु-याउने छ । यस्तै, प्राधिकरणको सोमबार बसेको बैठकले खटाएको ठाउँमा नजाने इन्जिनियरहरुको नियुक्ति रद्द गर्ने निर्णय गरेको छ । रद्द भएको ठाउँमा वैकल्पिक इन्जिनियर पठाउने निर्णय गरिएको सीईओ भुसालले जानकारी दिए । साथै विश्व बैंकबाट दिन लागिएको भूकम्पप्रतिरोधी घर बनेको फोटो खिच्ने ट्याबलेट नलिने निर्णय गर्दै त्यसको ठाउँमा इन्जिनियरहरुलाई स्मार्ट फोन किनेर दिने निर्णय भएको छ । ट्याबलेटले फोटो नखिचेका कारण स्मार्ट फोन दिएर त्यसैबाट फोटो खिचेर रेकर्ड राखिनेछ ।

 

आजको  आर्थिक दैनिक बाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भूकम्पपीडितमाथि मेगा बैंकको दमन

दोलखाका भूकम्पपीडितहरुलाई घर बनाउनभन्दा बैंकबाट सरकारी अनुदान लिन सास्ती भएको छ । भूकम्पपीडितको खातामा...

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष...

सिटिजन्स बैंकको विराटनगर शाखा आफ्नै भवनमा

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगर शाखा आफ्नै सुविधा सम्पन्न भवन स्थानान्तरण भएको छ । यही असार ३ गते...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यही २०७५ असार ५ गतेदेखि गणतन्त्र चीनको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै